अनुशासित र नागरिकमैत्री प्रहरी बन्न एसएसपी दिलिप घिमिरेको निर्देशन, जनसेवा वृत्तको निरीक्षण

काठमाडौं । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले प्रहरी कर्मचारीलाई अनुशासन, व्यावसायिकता र नागरिकमैत्री व्यवहारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ।

प्रहरी वृत्त जनसेवाको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्दै एसएसपी घिमिरेले प्रहरी संगठनको विश्वसनीयता प्रहरी कर्मचारीको आचरण र व्यवहारबाट स्थापित हुने भएकाले सबैले उच्च अनुशासन कायम राख्नुपर्ने बताउनुभयो।

निरीक्षणका क्रममा उहाँले कार्यरत प्रहरी कर्मचारीलाई प्रहरी आचरण संहिता पालना गर्न, सेवाग्राहीप्रति सम्मानजनक र नागरिकमैत्री व्यवहार गर्न तथा समुदायमा सुरक्षाको अनुभूति दिलाउने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।

एसएसपी घिमिरेले अपराध नियन्त्रण तथा न्यूनीकरणलाई प्रभावकारी बनाउन विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै दुर्घटना, चोरी, लुटपाट लगायतका घटनामा तत्काल प्रतिक्रिया जनाई छिटो अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो।

उहाँले ड्युटीका समयमा सबै प्रहरी कर्मचारी उच्च सतर्क र जिम्मेवार रहनुपर्ने उल्लेख गर्दै कार्यालयका सम्पूर्ण अभिलेख तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित, अद्यावधिक र दुरुस्त राख्न समेत निर्देशन दिनुभयो।

कार्यक्रममा एसएसपी घिमिरेले विभागीय नीति, निर्देशन तथा संगठनले तय गरेका लक्ष्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रहरी सेवालाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सबै प्रहरी कर्मचारीले समर्पित भएर काम गर्नुपर्ने बताउनुभयो।

उक्त निरीक्षण तथा निर्देशन कार्यक्रमले प्रहरी वृत्त जनसेवाको सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा संगठनात्मक अनुशासनलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
250 Shares