रास्वपाको नेतृत्वमा निरन्तरता : रवि लामिछाने निर्विरोध सभापति निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट पार्टीका संस्थापक सभापति पुनः निर्विरोध सभापति निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत सभापति पदका लागि तोकिएको समयसीमाभित्र अन्य कुनै उम्मेदवारी दर्ता नभएपछि लामिछाने एकल उम्मेदवारका रूपमा निर्विरोध निर्वाचित भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार सभापति पदको उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने महाधिवेशनमा अन्य पदका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ। हाल केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ताको कार्य भइरहेको समितिले जानकारी दिएको छ।

रास्वपाको स्थापना कालदेखि नै नेतृत्व सम्हाल्दै आएका लामिछानेको निर्विरोध चयनसँगै पार्टीले नेतृत्वमा निरन्तरता कायम गरेको छ। पहिलो राष्ट्रिय महाधिवेशनबाट पार्टी संगठनलाई थप सुदृढ बनाउने र आगामी राजनीतिक यात्राको स्पष्ट मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

चितवनमा जारी महाधिवेशनलाई रास्वपाको संगठनात्मक सुदृढीकरण तथा भावी रणनीति निर्धारणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
220 Shares