रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढी उम्मेदवारी, आज मतदान हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढी उम्मेदवारी दर्ता भएका छन्। यससँगै पार्टीभित्रको नेतृत्व चयन प्रक्रिया प्रतिस्पर्धात्मक बनेको छ।

पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार मंगलबार साँझ ७ बजे सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया बुधबार बिहान २ बजेसम्म सञ्चालन भएको थियो। प्रारम्भिक विवरणअनुसार केन्द्रीय सदस्य पदमा ठूलो संख्यामा आकांक्षी देखिएका छन्, जसमा सांसद तथा मन्त्रीहरूको समेत उल्लेखनीय सहभागिता रहेको छ।

आयोगले दर्ता भएका सबै उम्मेदवारीहरूको नामावली हाल रुजु गरिरहेको जनाएको छ। अन्तिम सूची सार्वजनिक भएपछि मात्रै आधिकारिक उम्मेदवार संख्या यकिन हुने आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार आजै केन्द्रीय सदस्य चयनका लागि मतदान हुने तयारी पूरा गरिएको छ। चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रमा मतदान केन्द्र निर्माण गरी आवश्यक व्यवस्थापन मिलाइएको छ।

यसअघि सभापति पदमा अन्य उम्मेदवारी नपरेपछि  रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य चयनसँगै महाधिवेशनको मुख्य प्रक्रिया पूरा हुने भएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
114 Shares