
संयुक्त नागरिक पार्टीको विशेष महाधिवेशन साउनमा
हेटाैंडा।
संयुक्त नागरिक पार्टी (संनापा) काे विशेष महाधिवेशन आगामी साउन १२ गते हुने भएकाे छ । साेमबार मकवानपुरकाे हेटाैंडामा सम्पन्न महाधिवेशन आयोजक समितिकाे सचिवालय समिति बैठकले ललितपुरकाे धाेविघाट स्थित सिद्धार्थ कटेजमा विशेष महाधिवेशन गर्ने मिति तय गरेकाे छ । महाधिवेशन आयोजक समितिका संयाेजक दल मर्दन कामीकाे अध्यक्षतामा सम्पन्न उक्त बैठकले प्रतिनिधि छनाैट,निर्वाचक मण्डल,आर्थिक ब्यवस्थापन, प्रचारप्रसार लगायत विभिन्न महत्वपूर्ण निर्णयहरु गरेकाे छ । जस अनुसार प्रमुख सल्लाहकार डा.लक्ष्मी प्रसाद राई (सामुएल संग्राम राई) लाई निर्वाचन समितिकाे संयाेजक ताेकिएकाे छ । त्यस्तै कार्यक्रमलाई मर्यादित,ब्यवस्थित तथा सुरक्षित गराउन श्याम बहादुर राईलाई स्वयमसेवक तथा व्यापक प्रचार-प्रसार गर्नका लागि बालकृष्ण प्रधान (डेविड) लाई संयाेजक ताेकिएकाे पार्टीको केन्द्रीय कार्यालयल प्रमुख नरेश क्षितिजले जानकारी दिएकाे छन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
९ घण्टा अगाडि
2.5kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



