

दर्ता बिना सञ्चालनमा रहेका १५ कन्सल्टेन्सीका १८ जना सञ्चालक पक्राउ
काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका ती कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ ।
कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा Guruba/Study Glider, LEXICO Education, Pascal Education, Apitome Education, Meghatech Education, Skill Point Education, Vibrant Education, Dream Education, Universal Gateway, Victory Education, 24 Hours Education, Greener Education, Global Impact, Ureshi Education र Bloom Abroad रहेका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





