

‘राज्य आतंक बन्द गर’ भन्दै माइतीघरमा सुकुम्वासीको प्रदर्शन, पुनःस्थापनाको माग
काठमाडौं । सरकारले विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाएको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा शुक्रबार भएको प्रदर्शनमा विस्थापित सुकुम्वासीको उचित बसोबास व्यवस्था, भत्काइएका घरटहराको क्षतिपूर्ति र पहिचानसहित पुनःस्थापनाको माग गरिएको छ।
प्रदर्शनकारीहरूले “राज्य आतंक बन्द गर”, “भत्काइएका घरटहराको क्षतिपूर्ति दे”, “सुकुम्वासीको पहिचान गरी पुनःस्थापना गर” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
केही दिनअघि कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेको थियो। समय अभावको गुनासोपछि होल्डिङ सेन्टर खाली गर्ने म्याद असार १९ गतेसम्म थप गरिएको छ।
सरकारले काठमाडौंका विभिन्न खोला किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने प्रक्रिया वैशाख १२ गतेदेखि सुरु गरेको थियो। त्यस क्रममा अस्थायी सेल्टरमा राखेर व्यवस्थापन गर्ने र स्थायी बसोबासको व्यवस्था गर्ने बताइएको थियो।
तर तत्कालका लागि घरभाडा सहयोग दिएर होल्डिङ सेन्टर खाली गर्न भनिएपछि त्यहाँ बस्दै आएका परिवारले विरोध जनाएका हुन्। उनीहरूले वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको बताएका छन्।
यसैबीच सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारलाई वैकल्पिक बसोबासका लागि आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको जनाएको छ। पाँच सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप सदस्यका आधारमा रकम बढाएर तीन महिनासम्म बसोबास व्यवस्थापन खर्च दिने योजना रहेको बताइएको छ।
समाज
थप सामाग्री-
‘राज्य आतंक बन्द गर’ भन्दै माइतीघरमा सुकुम्वासीको प्रदर्शन, पुनःस्थापनाको माग
-
आजदेखि देशभर ‘जाँड’ प्रदर्शनमा, मद्यपान र सामाजिक विकृतिविरुद्ध सन्देश बोकेको चलचित्र
-
असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने
-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१३ घण्टा अगाडि
2.6kViews 439 Shares Share on Facebook Share on Twitter मेष दाम्पत्य जीवनमा आपसी समझदारी बढ्दै जानेछ र सम्बन्ध अझ सुमधुर…





