

‘स्रोतविहीन प्रहरीबाट कसरी जितिन्छ लागुऔषधको युद्ध?’ आईजीपी कार्कीले औंल्याए प्रहरीको चुनौती
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले स्रोत, साधन र दक्ष जनशक्तिको अभावका कारण लागुऔषध नियन्त्रण अभियानमा अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको बताएका छन्।
गृह मन्त्रालयमा अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रहरी संगठन विस्तार भए पनि त्यसअनुसार आवश्यक प्रविधि, तालिम र स्रोत उपलब्ध हुन नसकेको उल्लेख गरे।
उनले लागुऔषध नियन्त्रणका लागि संस्था र इकाइ थप्नु मात्र पर्याप्त नभएको भन्दै ती निकायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक बजेट, आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनुपर्ने बताए।
नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा लागुऔषधविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै हजारौं कारोबारी पक्राउ र ठूलो मात्रामा प्रतिबन्धित पदार्थ बरामद गर्दै आए पनि सञ्जाल पूर्ण रूपमा नियन्त्रण हुन नसक्नु चुनौती बनेको छ। प्रहरी नेतृत्वका अनुसार खुला सीमा, अन्तर्राष्ट्रिय तस्करी नेटवर्क, युवामा बढ्दो दुर्व्यसन र पुनःस्थापनाको कमजोर संरचनाले समस्या थप जटिल बनाएको छ।
आईजीपी कार्कीले लागुऔषध नियन्त्रणका लागि रोकथाम, नियन्त्रण र पुनःस्थापनालाई समान प्राथमिकता दिनुपर्ने बताए। पक्राउ मात्र समाधान नभएको भन्दै दुर्व्यसनमा फसेकाहरूको उपचार र पुनःस्थापनामा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले पोखरामा नयाँ पुनःस्थापना केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताए।
प्रहरी नेतृत्वको यो भनाइले लागुऔषधविरुद्धको अभियानमा केवल कारबाहीभन्दा पनि आधुनिक प्रविधि, पर्याप्त स्रोत, प्रभावकारी अनुसन्धान र पुनःस्थापनाको बलियो प्रणाली आवश्यक रहेको देखाएको छ।
समाज
थप सामाग्री-
‘राज्य आतंक बन्द गर’ भन्दै माइतीघरमा सुकुम्वासीको प्रदर्शन, पुनःस्थापनाको माग
-
आजदेखि देशभर ‘जाँड’ प्रदर्शनमा, मद्यपान र सामाजिक विकृतिविरुद्ध सन्देश बोकेको चलचित्र
-
असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने
-
धनगढीपछि अत्तरियाका होटलमा पनि प्रहरी छापा, १९ जना पक्राउ
-
मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ
आज असार १२ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१३ घण्टा अगाडि
2.6kViews 439 Shares Share on Facebook Share on Twitter मेष दाम्पत्य जीवनमा आपसी समझदारी बढ्दै जानेछ र सम्बन्ध अझ सुमधुर…





