

शेयर बजार लगातार पाँचौँ दिन घट्यो, नेप्से २ हजार ६४९ विन्दुमा झर्यो
काठमाडौं । नेपाली शेयर बजार लगातार पाँचौँ कारोबार दिन ओरालो लागेको छ। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २ अंकले घट्दै २ हजार ६४९ दशमलव ५१ विन्दुमा पुगेको छ।
अघिल्लो शुक्रबार २ हजार ७०२ विन्दुमा रहेको नेप्से त्यसयता निरन्तर घटिरहेको हो। यसअघि सोमबार १ दशमलव ४६, मंगलबार २६ दशमलव १६, बुधबार १४ दशमलव ४५ र बिहीबार ८ दशमलव ५० अंकले नेप्से घटेको थियो।
आज होटल तथा पर्यटन, जलविद्युत्, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहबाहेक अधिकांश समूहका सूचक घटेका छन्। कारोबार भएका कम्पनीमध्ये १७० वटाको शेयर मूल्य घट्दा ८५ वटा कम्पनीको शेयर बढेको छ भने २० कम्पनीको मूल्य स्थिर रहेको छ।
आज कालिका लघुवित्तको शेयर मूल्य १० प्रतिशतभन्दा धेरै घटेको छ। बजार सामान्य घटेको दिन स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर भने १५ प्रतिशतले बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार २ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३५९ वटा कम्पनीका ७७ लाख २७ हजार कित्ता शेयर ३ अर्ब ९४ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





