रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बनेपछि उक्त पदमा प्रतिस्पर्धा नहुने स्थिति बनेको हो।

पार्टी विधानअनुसार एक सभापति, महिलासहित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री रहने व्यवस्था छ।

यसअघि सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य पदहरूमा पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी रहेको पार्टी स्रोतले जनाएको छ।

महाधिवेशनमा बाँकी पदहरूको टुंगो सहमति वा निर्वाचनमार्फत छिट्टै लगाइने तयारी भइरहेको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
368 Shares