

काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार ४३८ सवारी चालक कारबाहीमा
काठमाडौं । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ४३८ जना सवारीचालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व संकलन भएको छ ।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८५ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १३० जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२३ जना र तीव्र गतिमा सवारी चलाउने १६० जना रहेका छन् ।
त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने १२२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८८ जना, लागूऔषध सेवन गरी सवारी चलाउने ३ जना, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालक २७ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ७०० जना कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले सवारी सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित अनुगमन र कारबाही अभियान जारी रहेको जनाएको छ ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





