

विद्युतीय कसुरको आरोपमा पत्रकार विनोद ढकाल पक्राउ
काठमाडौं । प्रहरीले पत्रकार विनोद ढकाललाई विद्युतीय कसुरसम्बन्धी आरोपमा पक्राउ गरेको छ। उनलाई शुक्रबार बिहान काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार क्यानडा नेपाल डटकममा कार्यरत पत्रकार ढकालविरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही आदेशका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ।
ढकाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली काठमाडौं आएको थियो। प्रहरी स्रोतका अनुसार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दिएको जाहेरीका आधारमा ढकालविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको हो।
घटनापछि पत्रकार महासंघसहित विभिन्न सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताप्रति सरोकार राख्ने पक्षहरूले पत्रकारलाई समाचार प्रकाशनकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले पत्रकार ढकालको तत्काल रिहाइ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन्।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





