
देश मा राजनीतिक सङ्कटआउन सक्छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज विभिन्न कार्यक्रमको आयोजना गरी २७औँ ‘जनयुद्ध दिवस’ मनाएको छ । मधेश प्रदेश सरकारले आजै प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ । माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७ औँ जनयुद्ध दिवस मनाएको हो । सो दिनको स्मरणका आज माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै जनयुद्ध र जनआन्दोलनले नयाँ एकता पैदा गरेकै कारणले नयाँ संविधान जारी हुन सफल भएको र एवं नयाँ राष्ट्रिय एकता कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनुभयो । उहाँले सबै प्रदेश सरकार र सङ्घीय सरकारले समेत जनयुद्ध दिवस मनाउन आग्रह गर्नुभयो । उहाँले नयाँ राजनीतिक परिवर्तन र एकतालाई सुरुदेखि नै केही समूह र व्यक्तिलाई मन नपरेको र त्यसको बाछिटा हालसम्म पनि देखा परिरहेको उल्लेख गर्नुभयो । माओवादीका नेता तथा कार्यकर्ताको तेजोबोध गर्न कसरी सकिन्छ भन्नेमा केही मानिस दिनरात नभनी लागि परेको उहाँको भनाइ छ ।
जनयुद्धबाट प्राप्त भएका परिवर्तनलाई कमजोर पार्न सकिन्छ, स्वाधीनता र राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले प्राप्त अधिकार र राष्ट्रिय स्वाधीनताका पक्षमा थप सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



