

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी लालबाबु गिरी दोषी ठहर, ५ हजार जरिवाना

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीको सेवामा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरी दोषी ठहर भएका छन्। विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले गिरीविरुद्धको भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको हो।
गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विसं २०५२ मा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सई) पदबाट सेवा प्रवेश गरेको आरोप लागेको थियो।
पछिल्लो समय उनी नेपाल प्रहरी अस्पतालमा प्राविधिक एसएसपीका रूपमा कार्यरत थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीविरुद्ध गत पुस ८ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अनुसन्धानका क्रममा गिरीले पेस गरेको शैक्षिक प्रमाणपत्रको रोल नम्बर ७१८ सम्बन्धी विवरण प्रमाणीकरणका लागि बिहार स्कुल अफ इक्जामिनेसन बोर्ड, पटना पठाइएको थियो। बोर्डले उक्त रोल नम्बरको क्रमसंख्या नै अभिलेखमा नभेटिएको भन्दै जवाफ पठाएपछि प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आधारमा अख्तियारले मुद्दा दायर गरेको थियो।
सोही प्रमाण र अनुसन्धानका आधारमा विशेष अदालतले गिरीलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।
यो फैसला नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गर्ने र त्यस्ता प्रमाणपत्र पेस गर्ने व्यक्तिमाथि कानुनी कारबाही हुन सक्ने सन्देशका रूपमा समेत हेरिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





