

सिमराका डीएसपी क्षेत्रीको जिम्मेवारी खोसियो, हेडक्वार्टरबाट भट्ट खटाइए

काठमाडौं । बाराको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीको जिम्मेवारी खोसिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले क्षेत्रीलाई सिमराबाट हटाउँदै प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय गरेका हुन्।
क्षेत्रीको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखको जिम्मेवारी दिइएको छ। भट्टलाई काज सरुवामार्फत सिमरा पठाइएको हो।
सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका बेला क्षेत्रीको जिम्मेवारी खोसिएको हो। साउन ३१ गतेदेखि हराइरहेकी गरिमा भदौ २ गते जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन्।
बालिका हराएपछि परिवारले प्रहरीलाई जानकारी गराउँदा समेत खोजतलास तथा अनुसन्धानमा प्रहरीले अपेक्षित सक्रियता नदेखाएको भन्दै स्थानीय तथा आफन्तले विरोध जनाउँदै आएका थिए। घटनापछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको खुलेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, मृतक बालिकाका आफन्त तथा स्थानीयले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्। प्रहरीको नेतृत्व परिवर्तनलाई घटनाको अनुसन्धान र प्रहरीको भूमिकामाथि उठेका प्रश्नसँग जोडेर हेरिएको छ।
नयाँ जिम्मेवारी पाएका डीएसपी भट्टले घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै पीडित परिवारलाई न्याय दिलाउनेतर्फ प्राथमिकता दिनुपर्ने चुनौती रहेको छ।
समाज
थप सामाग्री-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
-
आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीमाथि प्रहार, प्रहरी कब्जा गर्ने दलालहरूको अन्तिम खेल?
आज भदौ ३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष– दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ।…





