

भृकुटीमण्डपको छड्के अनुगमनमा मन्त्री बादी, नागरिकमैत्री केन्द्र बनाउने तयारी

काठमाडौं । महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन्।
अनुगमनका क्रममा मन्त्री बादीले भृकुटीमण्डप परिसरमा रहेका संरचना, बजार क्षेत्र, सरसफाइ तथा समग्र व्यवस्थापनको अवस्थाबारे निरीक्षण गरेकी हुन्।
मन्त्री बादीले भृकुटीमण्डपलाई थप व्यवस्थित, हरित, सुरक्षित तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक सम्भाव्यता अध्ययन अघि बढाउन सम्बन्धित पक्षलाई निर्देशन दिएकी छन्।
उनको निर्देशनसँगै भृकुटीमण्डप क्षेत्रको पूर्वाधार, सरसफाइ, व्यवस्थापन तथा सार्वजनिक सेवामा सुधारका सम्भावित योजनाबारे अध्ययन अघि बढाइने भएको छ।
सरकारी तथा सार्वजनिक स्थललाई व्यवस्थित र नागरिकमैत्री बनाउने उद्देश्यले गरिएको अनुगमनलाई भृकुटीमण्डपको व्यवस्थापन सुधारतर्फको पहलका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





