

बुटवलमा भाडाको घरमा जुवा सञ्चालन, १ लाख ३२ हजार नगदसहित ११ जना पक्राउ

बुटवल। बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडाको घरमा जुवा सञ्चालन भइरहेको अवस्थामा प्रहरीले छापा मारेर १ लाख ३२ हजार रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार जुवा खेलिरहेका ९ जना तथा जुवा सञ्चालन गरेको आरोपमा एक दम्पतीसहित ११ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ५३ वर्षीया शिवानी शाही र उनका श्रीमान् देवकुमार शाही रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा शाही दम्पतीले जापानमा बस्ने व्यक्तिको घर भाडामा लिएर जुवा सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अन्य व्यक्तिहरू बुटवल तथा पाल्पाका विभिन्न स्थानका रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीले घटनास्थलबाट बरामद १ लाख ३२ हजार रुपैयाँ जफत गरी पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइने जनाएको छ।
समाज
थप सामाग्री-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
-
आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीमाथि प्रहार, प्रहरी कब्जा गर्ने दलालहरूको अन्तिम खेल?
आज भदौ ३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष– दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ।…





