

सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि पक्राउ

गोर्खा । सामाजिक सञ्जालमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेको आरोपमा प्रहरीले दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनार गाउँका ४३ वर्षीय प्रेम सुनार र पालुङटार नगरपालिका–१, खोप्लाङका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।
प्रहरीका अनुसार प्रेमले आफ्नो फेसबुकमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा खोजी गर्ने क्रममा उनलाई सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट लाइसेन्स नभएको भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।
प्रेममाथि अनुसन्धान गर्ने क्रममा बरामद बन्दुक विष्णुको भएको खुलेपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको गोर्खा प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
-
आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीमाथि प्रहार, प्रहरी कब्जा गर्ने दलालहरूको अन्तिम खेल?
आज भदौ ३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष– दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ।…





