

स्थानीय तहका स्वास्थ्य संस्थामा निःशुल्क औषधि नियमित उपलब्ध गराउन सरकारको परिपत्र

काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गर्दै आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थित व्यवस्थापन, भण्डारण र निःशुल्क वितरण सुनिश्चित गर्न आग्रह गरेको हो।
मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा मेडिकल सामग्रीको विस्तृत सूचीसमेत स्थानीय तहमा पठाएको छ। सोही सूचीका आधारमा स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थाको आवश्यकता पहिचान गरी औषधि व्यवस्थापन गर्नुपर्नेछ।
सरकारले वर्षभरि औषधिको अभाव हुन नदिई नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाबाट आधारभूत उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले व्यवस्था अघि बढाएको जनाएको छ।
स्थानीय तहले स्वास्थ्य संस्थामा औषधिको उपलब्धता, सुरक्षित भण्डारण तथा लक्षित नागरिकलाई निःशुल्क वितरण प्रभावकारी भए–नभएको समेत नियमित रूपमा सुनिश्चित गर्नुपर्नेछ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





