

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरीमा प्रवेश गरेका एसएसपी लालबाबु गिरी दोषी ठहर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरी दोषी ठहर भएका छन्।
विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना सुनाएको हो। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०५२ सालमा प्रहरी सहायक निरीक्षक (सइ) पदबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेको आरोप लागेको थियो। उनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा प्राविधिक एसएसपीका रूपमा कार्यरत थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ८ गते गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अनुसन्धानका क्रममा गिरीले पेस गरेको शैक्षिक प्रमाणपत्रमा उल्लेखित रोल नम्बर ७१८ सम्बन्धी विवरण बिहार स्कुल अफ इक्जामिनेसन बोर्ड, पटना पठाइएको थियो। बोर्डले उक्त रोल नम्बरको क्रमसंख्या नै नभेटिएको जानकारी गराएपछि प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आधारमा अदालतले गिरीलाई दोषी ठहर गरेको हो।
समाज
थप सामाग्री-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
-
आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीमाथि प्रहार, प्रहरी कब्जा गर्ने दलालहरूको अन्तिम खेल?
आज भदौ ३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष– दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ।…





