

डीएसपी टेकबहादुर रावत सुदूरपश्चिमकै उत्कृष्ट प्रहरी घोषित

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले साउन महिनाका लागि रावतलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसापत्र प्रदान गरेको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार रावतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइमा योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा समग्र शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
आम नागरिकमा सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईद्वारा हस्ताक्षरित प्रशंसापत्रमा उल्लेख छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





