

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकको पूर्व–पश्चिम राजमार्गमा नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दिउँसो १२:२३ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए। दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवै जनाको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले उनीहरूको सनाखत गर्ने प्रयास भइरहेको जनाएको छ।
दुर्घटनापछि बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
आज भदौ ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आईजीपी कार्कीको निर्देशन : प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउँदै शान्ति सुरक्षा सुदृढ गर्न कडा निर्देशन
-
आज भदौ ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
ठमेललाई २४ सै घण्टा सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने तयारी
-
आज भदौ ०४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
आईजीपी कार्कीमाथि प्रहार, प्रहरी कब्जा गर्ने दलालहरूको अन्तिम खेल?
३ दिन अगाडि
2.7kViews 15 Shares Share on Facebook Share on Twitter कार्कीमाथि प्रहारको असली खेलाडी को? प्रहरीमा फर्किन खोज्दैछन् पुराना बिचौलिया नेपाल…





