लिचीको प्रलोभन देखाएर १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय बालक पक्राउ

पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय एक बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते ती बालकले १० वर्षीया बालिकालाई लिची खान दिने प्रलोभन देखाउँदै घरमा बोलाएका थिए। त्यसपछि ललाईफकाई घरको गोठभन्दा माथिल्लो पहिलो तलाको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ।

घटनापछि भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी परेपछि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा आरोपित बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बालकमाथि आवश्यक अनुसन्धानका लागि पाल्पा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares