विवादास्पद व्यवसायी दिपक मलहोत्रा ले ग्रिन हाइड्रो खोल्ने !

 

ग्रिन हाइड्रो खोल्न तम्सीएका विवादास्पद व्यवसायी दिपक मलहोत्रा जग्गा पलटिड्का नाममा पूर्वको विशाल चिया विगान अर्थात् ग्रिनरी मासेर विवादमा तानिएका व्यक्ति हुन् । उक्त प्रोजेक्टमा मलहोत्रा जोडीएपछि अष्ट्रेलियाकै धनीको सूचीमा रहेका गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले बाहिरीएका छन् । घलेले प्रोजेक्ट छाडेपछि उक्त प्रोजेक्ट गर्वमै विवादीत बनेको छ ।
हुनत तस्कर माफियाको नियत जहिल्यै, जहाँ पनि आफू अनुकुल अर्थात् स्वार्थपूर्ण नै हुन्छ ।               नेपालमा माफियाको पहिचान बनाउँदै अघि बढेका विवादास्पद छविका व्यवसायी दिपक मलहोत्रा जोडिएपछि एउटा आशा लाग्दो प्रोजेक्ट सुरुवातमै विवादीत बन्ने देखिएको हो । मलहोत्रा समेत संलग्न उनको पछिल्लो प्रोजेक्टले अन्तराष्ट्रिय स्तरमै कहलीन थालेको सम्मानीत, विश्वासयोग्य एवम् भरोसापूर्ण शैक्षिक संस्था काठमाडौं विश्वविद्यालयलाई नै बद्नाम तुल्याउने संकेत देखापरेको जानकारहरु बताउँछन् ।
पृथ्वीमा जलवायुको असर परिरहेको अवस्थामा काठमाडौं विश्वविद्यालयले आफ्नै अध्ययन, अनुसन्धानलाई पछ्याउँदै उत्पादन गर्न लागेको ‘हाडड्रोजन फ्यूल’ अर्थात् ग्रिन हाइड्रो प्रोजेक्टमा विवादास्पद छविका व्यवसायी दिपक मलहोत्राको प्रवेशसँगै उक्त प्रोजेक्ट पनि विवादमा तानिएको हो । काठमाडौं विश्वविद्यालयले आफ्नै टेक्नीकल नलेजमा साइन्टीस्ट समेत खटाएर उत्पादन गर्न लागेको ग्रिन हाइड्रो प्रोजेक्टको नेतृत्व क्षमतावान् व्यक्तित्व सहप्रध्यापक डा. विराट सिंह प्रत्यक्ष संलग्न छन् ।
नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य छ । विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरू गरिरहेको अवस्थामा यो प्रोजेक्ट नेपालमा पनि अघि बढाउन लागिएको हो । काडमाडौं विश्वविद्यायलले स्थापना गरेको हरित हाइड्रोजन ल्यावका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र केयूबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा काठमाडौं विश्वविद्यालयको, स्कुल अफ इन्जिनियरीङका डिन प्राध्यापक डा. मनिष पोखरेल र इपानका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । जलविद्युत केन्द्रका लागि इलेक्ट्रो मेकानिकल उपकरण डिजाइन गर्ने, सञ्चालन र मर्मत केन्द्र स्थापना गर्ने केयूका सहप्राध्यापक विराजसिंह थापाले बताए । हाइड्रोजन ऊर्जा उत्पादनका लागि केयूले ग्रिन हाइड्रोजन ल्याब स्थापना गरिसकेको छ ।
विवादास्पद छवीका व्यवसायी मलहोत्रा जहाँ जोडीन्छन्, जुन पेशा वा व्यवसाय थाल्छन्, त्यो विवादमा नआएको भन्ने नै छैन । हुनत उनको पेशा/धन्दा नै तस्करी र कालोबजारीबाट शुरु भएकोमा दुईमत छैन । देशमा नाकाबन्दी गरिँदा भएको इन्धन अभावका बेला पहुँचका भरमा मनलागि मुल्यमा तेल बेचेर मनग्य नाफार्जन गर्न भ्याए । विवादमा पनि तानिए । इलेक्ट्रोनिक्स आइटम, सामसुम मोवाइलको तस्करी, सुनको अवैद्य धन्दा त उनका लागि फायदैफायदाको व्यवसाय थियो नै । त्यस बाहेक विमानस्थलको सरकारी जग्गा लिजमा लिएर गरेको कमाउ व्यवसाय पनि विवादीत नै छ । लोकमानसिंह कार्की अख्तियार प्रमुख रहेका बेला त उनी प्रमुख विचौलीयाकै रुपमा क्रियाशिल रहेकै हुन् । त्यसपछि केही समय दिप बस्नेतसँग पनि धन्दा गर्न भ्याएकै थिए ।
ग्रिन हाइड्रो प्रोजेक्टमा जोडीनु अघि झापाको गिरिवन्धु टिस्टेटलाई रियल स्टेट बनाउन खोजेको विवाद अझै साम्य भइसकेको छैन । ग्रिनेरी मास्ने व्यक्ति संलग्न रहेको प्रोजेक्ट ग्रिन हाइड्रो सफल होला ? विश्वास गर्ने आधार के ? त्यसमाथि पनि मलहोत्राको जिवन नै अवैद्य धन्दा र व्यवसायमा बितीरहेको छ भने असल मनसायको प्रोजेक्ट विवादमा नतानिएला कसरी मान्ने ? प्रश्न उठेको छ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२१ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares