
क्रोएसियासँगको हारपछि ब्राजिलका मुख्य प्रशिक्षकद्वारा पद छाड्ने घोषणा
आफ्नो टिम क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन्।
शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। विश्वकपमा सर्वाधिक सफल टोलीको हारपछि मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका हुन्।
टोलीको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीको यात्राबाट बिदा लिएका हुन्।
प्रतियोगिता सुरू हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आए पनि आफूले विश्वकपपछि जिम्मेवारीबा हट्ने बताएका थिए।
म मेरो वचनमा पक्का छु,’ उनले भने, ‘त्यहाँ अन्य उत्कृष्ट प्रशिक्षकहरू छन् जसले मलाई प्रतिस्थापन गर्न सक्छन्।’
‘उनले क्रोएसियासँगको हारको जिम्मेवारी लिँदै यसमा सबै जिम्मेवार भएको बताए। ‘यो नायक वा खलनायक हुनुको बारेमा होइन। खेलकुदमा त्यस्तो केही हुँदैन। कहिलेकाहीँ हामी उत्कृष्ट प्रदर्शन गर्छौं, हामी गोल गर्छौ तर कुनै बेला बल विचलित हुन्छ। त्यो सामान्य हो। तर म नतिजालाई सम्मान गर्छु,’ उनले भने।
डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए। उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाए पनि विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न सकेनन्। एजेन्सी
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



