गृहमन्त्री रविलामिछाने लाई वरिष्ठ पत्रकार लम्साल को सुझाव

      रविजी, यहाँलाई सहधर्मीको हैसियतमा दिएको सुझावका सकरात्मक प्रतिक्रिया प्राप्त भइरहेका छन् । केही छुटपुट सुझाव पुनः समेट्न चाहेँ ।
– नेताले पुलिस भेट्न बोलाउने/भेट्न बाध्य पार्ने हुन कि पुलीसले आफ्नै स्वेच्छामा नेता भेट्न जाने हुन् ? पहिला त्यो स्पष्ट हुनु पर्यो । अर्थात्, नेता भेट्नै नपर्ने अवस्थाको सिर्जना गराउने तर्फ लाग्नु पर्यो । त्यो निर्देशन सुरक्षा निकायलाई भन्दा पनि आफ्नै मन्त्रिपरिषद्मा र उच्चस्तरीय संयन्त्रमा दिन सक्नु पर्यो । अनी बल्ल तपाईंको सोचले सार्थकता पाउला ।
– सुरक्षाकर्मी विदेशी नियोगमा जाने वा राजदूत भेट्ने किन गर्थे र ? मन्त्रीजी, नेताजी माथि त्यो ह्वीप लगाउनुस्, विदेशी कुटनीतिज्ञले सरकारी निकाय वा राजनीतिकर्मीसँग भेट गर्दा परराष्ट्रको स्वीकृती होइन, परराष्ट्रको अनीवार्य उपस्थिति हुनै पर्ने नियमलाई कडाइका साथ पालना गर्ने गराउने तर्फ लाग्नुस् ।
– सुरक्षाकर्मीको मनोवल उच्च पार्न सबैलाई अवसर बराबरी गर्ने तर्फ लाग्नुस्, संगठनका सदस्यबीच हुने भेदभाव, काखापाखा नीति तत्काल सच्चाउन, सरुवा-बढुवाका साथै अन्य सेवा-सुविधामा पारदर्शी नीति लागू गर्ने तर्फ लाग्नुस् । दुई-चार सय सुरक्षाकर्मी भिआईपी निवासबाट तानेर सुरक्षा संगठनलाई खासै फरक पार्दैन । अहिलेको तपाईंको अभियान ‘आकाशेखेती’ जस्तै हो । गृह मन्त्रालयलाई प्रभावकारी, सेवामुखी तुल्याउने तर्फ अघि बढ्नुस् ।
– हुनत यहाँले मन्त्री पदको सपथ लिए वित्तिकै आफूमाथि लागेको नागरिकता र राहदानी सन्दर्भको छानविन निष्पक्ष गर्न आफूलाई निर्मम बनाएको स्वघोषणा त गर्नु भो, तर घोषणा गरिएअनुसार नै अनुसन्धान अधिकारीले अनुसन्धान गर्न सक्लान् त ? अन्यत्र त यस्ता प्रश्न उठेपछि स्वतन्त्र छानविनका लागि निलम्वन गर्ने, राजीनामा दिने प्रचलन छ क्यारे । तपाईं त उजुर परेको, छानविन भइरहेको अवस्थामै उक्त अनुसन्धानलाई नै प्रभाव पार्ने सोचका साथ गृहमन्त्रालय त्यो पनि उपप्रधान सहितको अडानमा रहनु भो । कतै, त्यही अनुसन्धान प्रभावमा पार्न त थिएन तपाईंको त्यस्तो अडान ?
– अनी, आत्महत्या दूरुत्साहन सम्वन्धि कानूनले यहाँलाई प्रहरी कस्टडी सम्म पुर्यायो । तपाईं आफैँ भन्नुस्, कानून नै गलत हो कि तपाईं गलत हुनुहुन्थ्यो । यद्यपि, उक्त आरोपबाट भने मुक्त भइसक्नु भएको छ ।
– गृह मन्त्रालय मातहत बाहेक अन्यत्र निरीक्षण वा अनुगमनमा जाँदा सम्वन्धित निकायका हस्तीलाई पनि साथै लैजानू । नत्र सम्वन्धित पक्षलाई समस्या दर्शाइदिनु उचित । अन्यथा, हस्तक्षेपको आरोप लाग्ला । सँगसँगै सस्तो लोकप्रियताका लागि गरेको दौडधूप देखिएला कि ?
– रविजी, टेलिभिजनमा पाएको चर्चा जस्तो गृहमा तत्काल नखोज्नू । दुरगामी सोचका साथ गरेको क्रियाकलापले यहाँलाई भविष्यमा पक्कै पनि ‘वाहीवाही’ तुल्याउने छ ।

Facebook Comments Box
TOP
Shares