
मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व
उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पुर्याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पुर्याएको आरोप सडक विभागको छ । पाइप परीक्षण वा पानी वितरणक्रममा तीनकुने, लाजिम्पाटलगायत उपत्यकाका विभिन्न स्थान जलमग्न भएको थियो । मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले आयोजनाको पाइप फुटाउँदा पानी वितरणमै समस्या आउन सक्ने बताए । उनले सडकमुनि खानेपानीको पाइप छ भन्ने कुरा मनन गरी सावधानी अपनाएर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले बिहीबार काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणक्रममा मेलम्चीको पाइपमा क्षति पुग्दा कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको बताए । सो क्षेत्रमा मेलम्चीको सात सय एमएमको पाइपमा क्षति पुगेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२२ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



