

बदनाम पर्सा प्रहरीमा -एसपी कोमल शाहले ल्याउलान त परिवर्तन ?
बिरगंज । देशको प्रमुख व्यापरिक केन्द्र मात्रै नभएर राजश्व संकलनका हिसाबले पनि अग्रपंक्तिमा रहेको बिरगंज भन्सार र सुख्खा बन्दरगाहबाट त्तक्ष्य अनुसारको राजश्व संकलन नभइरहेको अवस्थामा अहिले त्यसको कारण पनि खोजिदै छ भने प्रमुख कारणमा संगठित तस्करी प्रमुख रहेको पुष्टि भैसकेको छ।खासगरी व्यापारीहरूबाट मोटो रकम लिएर भन्सारको न्यून मूल्यांकन गरि सामान छोड्ने र सुरक्षाकर्मीहरूको संरक्षणमा हुने संगठित तस्करी प्रमुख हुन भन्ने कुरा बाहिर आइसकेको छ ।बिरगंज भन्सारको प्रमुख मात्रै नभएर अन्य तहका कर्मचारीहरू टेण्डर हालेर पोष्टिङ हुने प्रवृत्ति र प्रथाले पनि भन्सारबाट हुने राजश्व चुहावट ठूलो मात्रामा हुदै आएको छ।यसबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी देखि अन्य तहका कर्मचारीहरू प्रधानमन्त्री , गृहमन्त्री आइजिपी देखि अन्य नेता र संगठनका माथिल्लो तहका अधिकारीहरूको दबाबमा सरूवा वा काजमा जाने गर्दछन ।कतिपयले अग्रिम रकम बुझाएर जाने त कतिपयले पछि बुझाउने शर्तमा आउने भएको कारण यहाँ आएपछि उनीहरूको पहिलो उद्देश्य शान्तिसुरक्षा भन्दा पनि तस्करी गराउने र रकम असुल्ने प्रमुख ध्येय रहन्छ नै ।
दुबै प्रहरीको पर्सामा खटिएका प्रहरीको संख्यालाई हेर्ने हो भने दरबन्दी बाहेकका धेरै संख्यामा काजमा खटिएका छन् ।खासगरी सई दर्जा सम्मका धेरै प्रहरीहरू पर्सामा खटिएका छन् दुबै प्रहरीको ।काजमा गएकाहरू हुन या दरबन्दी भएकाहरू किन नहुन उनीहरूको प्रमुख ध्येय नै मातहतका राम्रो र धेरै भन्दा धेरै अतिरिक्त आम्दानी हुने चौकी र इलाका प्रहरी कार्यालयहरूमा जाने र असुलीमा लाग्ने ।असई र सई दर्जा रहने राम्रो चौकी र इप्रकामा जानको लागि न्युनतम पनि एक लाख रूपैयाँको टेण्डर चल्ने गर्दछ भने ख श्रेणीको चौकी र इप्रकामा पचास हजारको दररेट रहेको स्वंम जाने प्रहरीहरू खुलेर बतांउछन ।त्याहां गएपछि उनीहरूको पहिलो प्राथमिकता नै रकम उठाउनु हो ।हुनपनि जोे कोहीले सहजै अनुमान र देख्नसक्ने कुरा हो कि दुबै प्रहरीमा पर्सामा जानका लागि यति ठूलो चलखेल हुने गर्दछ , त्यसको पछाडि त्याहां गएपछिको ठूलो अतिरिक्त आम्दानी नै प्रमुख हो ।जबसम्म टेण्डर हालेर पर्साको प्रहरी प्रमुख बन्ने प्रचलन रहन्छ तबसम्म सुरक्षाकर्मीको संरक्षणमा हुने चोरी तस्करी रोकिने छैन ।
यसका अलवा नेपाल प्रहरीको हकमा पर्सामा सबैभन्दा बदनाम नै मुद्दा ठाडो उजुरी शाखा रहेका छन् ।यी ठाउँमा हुने ठूलो भ्रष्टाचार र लेनदेन रोक्न कुनै एसपीले पनि सकेका छैनन् बरू उल्टो बढी रकम बुझाउन कबोल गर्ने आफ्ना आसेपासेलाई मुद्दा र लेनदेन अनि चेक बाउन्स हेर्ने ठाडो उजुरी शाखामा राखेर रकम उठाउने प्रवृत्ति हावी हुदै गयो ।जसको कारण पर्सा प्रहरीको मुद्दा र ठाडो उजुरी शाखा बदनाम मात्रै होइन भ्रष्टाचारको ठूलो अखडा बनेको छ।यो बदनामी हटाउन नयाँ एसपी कोमल बिक्रम शाहले सक्छन् सक्दैनन् त्यो हेर्न बांकी नै छ। मुद्दा शाखामा विगत चार बर्षा देखि सई शैलेन्द्र खड्काले राजकाज गर्दै आइरहेका छन् ।चितवन र बारा जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखामा कार्यरत रहंदा देखि नै सधै बिबाद र बदनामी कमाएका उनी लामो समयदेखि पर्साको मुद्दा शाखामा कार्यरत छन् ।त्यसैगरी केही दिनअघि मात्रै मुद्दाका प्रहरी निरीक्षक प्रकाश बस्नेतलाई हटाएर मनोज यादवलाई ल्याइएको छ ।असईमा जागिर प्रवेश गरेका मनोजलाई जिल्ला प्रहरी भित्रको भ्रष्ट गिरोहले मुद्दा शाखामा ल्याएको जिल्ला प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरू बताउँछन् ।यसबाहेक मुद्दा शाखामा सई हनुमान यादव , प्रकाश महत्तो र महेश गौतम गरि अरू तीन जना सई रहेका छन् । सई हनुमान यादव हालका एआइजी दिवेश लोहनी पर्सामा एसपी हुदा मुद्दा शाखामा बसेका विश्वासिलो भएको कारण लोहनीले नै यसअघिका एसपी रमेश बस्नेतलाई भनेर मुद्दामा राख्न दबाब दिएको अर्को एक प्रहरी अधिकृत बताउँछन् ।अर्को सई प्रकाश महत्तो सोमेन्द्र सिंह राठौरको पालना मुद्दामा राखिएका बिश्वास पात्र हुन । अतिरिक्त ठूलो कमाई हुने पर्साको मुद्दा शाखामा कोही चारबर्ष देखि त कोही बारम्बार किन बस्न आइरहेका छन् भन्ने कुराले पनि पुष्टि गर्दछ कि मुद्दा शाखा भ्रष्टाचारको ठूलो अखडा बनिरहेको छ।यसलाई रूपान्तरण गर्न एसपी कोमल शाहले सक्छन् त ।
यसबाहेक अर्को भ्रष्टाचार ।र असुलीको अखडा रहेको छ ठाडो उजुरी शाखा ।जहाँ लेनदेन र चेक बाउन्स लगायतका केशहरू हेरिन्छ । उक्त शाखामा सई तेज प्रताप सिंह रहेका छन् ।उनी असई हुदा पनि बिरगंज प्रहरीमा कार्यरत थिए। त्यतिबेला दरबन्दी पर्सा बाहिर ललितपुरको चापागंउ प्रहरी वृत्त भए पनि तत्कालीन एसपी गणेश रेग्मीले उनलाई रमाना नगरी राखेका थिए ।मुख्यालयले बारम्बार ताकेता गरेपछि तेज प्रतापलाई रेग्मीले रमाना गर्न बाध्य भएका थिए । उनै गणेश रेग्मी पछि कानुन शाखामा आएपछि असई तेज प्रतापलाई कानुन शाखामा ल्याएका थिए ।सईमा बढुवा भएपछि उनै तेज प्रताप सिंह फेरि पर्सा प्रहरीमा गई ठाडो उजुरी शाखामा बस्न सफल भएका छन् । यस्तो भ्रष्टाचारको जालो , तस्करीको सन्जालले जकडिएको पर्सा प्रहरी एसपी कोमल शाहले सुधार गर्लान् या त गृहमन्त्री रबि लामिछानेले भ्रष्ट र बदनाम प्रहरीलाई तराईबाट पहाडका डांडा पुर्याउलान हेर्न बांकी छ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



