

बैकल्पिक व्यवस्थापन बिना सुकुम्बासीको उठिसबास कानुनी बिपरित छ । राज्यलाई खबरदारी गर्छौ – उपेन्द्र यादव ।
काठमाडौं पौष २४ । देशभरीका सुकुम्बासीहरुको हकहितका निम्ति काम गर्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्रबुझाएकोछ।
ध्यानाकर्षण पत्र बुझेपछि आफ्नो पार्टी सुकुम्बासी गरिबहरुको अधिकारका निम्ति सधैं लागि परेको भन्दै देशभरका सुकुम्बासीहरुको बैकल्पिक व्यवस्थापन बिना जबर्जस्त सुकुम्बासीको घरटहरा हटाउनु भनेको कानुनी राज्यको बर्खिलाप गर्नु हो। जनताको अधिकार सुनिश्चित गर्छु भनी कानुन हातमा लिएर जबर्जस्त गरिब जनताको घर उठिबास गर्नु अपराध हो यसर्थ बैकल्पिक व्यवस्थापन बिना जनतालाई उठिबास नगर्न सरकारको ध्यानाकर्षण गराउन तयार रहेको भन्दै पार्टीले सुकुम्बासी गरिबहरुको अधिकारका निम्ति निरन्तर लाग्ने प्रतिबद्धता जनाएकाछ्न ।
काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्ती हटाउन गत मंसिर १२ गते काठमाडौं महानगरपालिकाले सयौंको संख्यामा नगर प्रहरी परिचालन गरि डोजर सहित सुकुम्बासी भत्काउनु गरेको प्रयासलाई स्थानीय सुकुम्बासीहरुले प्रतिकारमा उत्रिएका पछि दर्जनभन्दा बेसि नगर प्रहरी घाइते भएका थिए भने काठमाडौं महानगरले जबर्जस्त सुकुम्बासी हटाउने प्रयास असफल भएको थियो ।
पुन काठमाडौं महानगर पालिकाले मंसिर २५ गतेसम्ममा सुकुम्बासीलाई बैकल्पिक व्यवस्थापनको कुनै योजना नबनाई खाली गर्न सूचना जारी गरेको छ । महानगरले सूचना जारी गरेको समय अबधि पुग्नै लाग्दा मोर्चाले पार्टीका अध्यक्ष सहितका नेता ,प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत भेट्न् पहल गरेको छभने तत्काललै सरकार बन्दै गरेको अवस्थामा बैकल्पिक व्यवस्थापन बिना कुनै पनि बहानामा जबर्जस्त कुनै पनि बस्ती खाली गर्न नगराउन पहल गरिदिन हार गुहार गर्दै सबै पार्टीहरुलाई ध्यानाकर्षण गराउन मोर्चाका अध्यक्ष कुमार कार्की ,उपाध्यक्ष राजकुमार पाण्डे,बिना बज्राचार्य ,सल्लाहकार पदम बहादुर सिजापती,दल मर्दन कामी, उपाध्यक्ष लिला बहादुर मोक्तान , सुमन चौधरी , प्रवक्ता स्मिता आचार्य,काल बहादुर बिक, लगायतका नेताहरु सकृय रुपमा लागेका छ्न ।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
१ दिन अगाडि
2.1kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



