जनरक्षा अपडेट :अपराधिक गतिबिधिमा संलग्न दुई चिनिया नागरिक प्रहरी हिरासतमा

काठमाडौं । संघीय राजधानीको रुपमा रहेको काठमाडौंको मुटु मानिने पर्यटकीय क्षेत्र ठमेलमा अपराधिक मानसिकता भएका बिदेशी पर्यटकका कारण असुरक्षित बन्दै गएको छ ।
ठमेल क्षेत्रमा रहेको चिनिया व्यापारीद्वारा संचालित वाल्डो होटलमा गत पुस २ गते शनिबार ज्यानै जाने गरी खुकुरी काण्ड चलेको थियो ।
काठमाडौंको ठमेलस्थित वाल्डो होटलमा अपराधिक पृष्ठभूमि भएका विदेशीहरुको बाक्लो जमघट हुने गरेको पाइएको छ । गत पुष २ गते शनिबार वाल्डो होटलमा भएको खुकुरी काण्डले ठमेल क्षेत्र नै अपराधिक गतिविधि गर्ने पर्यटकहरुको जमघट हुने स्थलको रुपमा हेरिन थालेको छ ।
काठमाडौंको मुटु तथा मुलुककै मुख्य पर्यटकीय स्थलको रुपमा मानिने ठमेलमा रहेको छाँयासेन्टरसँगै जोडिएको वाल्डो होटलमा गत पुष २ गते शनिबार साँझ ७ः३५ बजे चाइनिजहरुको दुई समूहबिच खुकुरी हानाहान भएको थियो ।
सो होटलमा भएको घटनाको विषयलाई लिएर सोही दिन बेलुका जनरक्षा डटकमले समाचार प्रकाशित गरेको थियो । जनरक्षामा समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको त्यतातर्फ चासो बढेको थियो । खुकुरी हान्ने चिनिया नागरिक फुयोङ्ग घटना घटाएर फरार भएका थिए भने सो घटनामा सम्लग्न भनेकी चिनिया महिला सुइहोङ्ग जघन्य घटना घट्दा पनि आफूलाई कुनै जानकारी नभएको जस्तो गरी बहाना बनाउँदै बसेकी थिइन ।
जनरक्षामा समाचार प्रकाशित भएपछि दरबारमार्ग प्रहरी बृत्तले सुक्ष्म अनुसन्धान थाली फरार रहेका चिनिया नागरिक फुयोङ्ग र सो घटनामा संलग्न रहेकी चिनिया नागरिक सुइहोङ्गलाई गत हप्ता पक्राउ गरी ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको बुझिएको छ ।
करोडौं रुपैयाँ लगानी गरी चिनिया नागरिकद्वारा झण्डै ५० वटा कोठासहित संचालित वाल्डो होटल कुनै पनि निकायमा दर्ता नै नगराई संचालत गरेको समेत स्रोतले दाबी गरेको छ । होटलमा चाहिने सामाग्रीहरु खरिद गर्दा चेकमार्फत भुक्तानी गर्नुपर्ने अवस्थामा खरिद गरेको समान को रकम कसको नाममा चेक काटिने गरेको छ ? यो पनि अनुसन्धानको विषय बन्नुका साथै यस विषयमा राजश्व अनुसन्धानले वाल्डो होटललाइ किन  अनुसन्धानको दायरामा ल्याउने काम गरिरहेको छैन ?सोचनिय अबस्था बन्दै गएको छ ।
अबैधरुपमा संचालित सो होटलमा झण्डै एक दर्जन चिनिया नागरिक कर्मचारीको रुपमा काम गर्दै आइरहेका छन् भने ती कर्मचारीको रुपमा रहेका चिनिया नागरिकहरुले श्रम स्वीकृति लिएको छ कि छैन त्यो पनि अनुसन्धानको विषय बनेको छ । यदि श्रम स्वीकृति बिना ल्याइएको छ भने त्यो नेपालको श्रम सम्झौता विपरित हो ।
सो होटलमा चिनिया नागरिकहरुले गर्ने गरेका  संगठित अपराध  मध्य  अबैध धन्दा लागूऔषध कारोबार, जाली नोटको कारोबारका साथै देहव्यापारसमेत संचालन हुँदै आइरहेको सो होटलका नेपाली कामदारले नाम नछाप्ने सर्तमा जानकारी गराएका छन् ।
यसरी अबैधरुपमा संचालित सो होटलमा ज्यानै जानेगरी भएको गम्भीर घटनालाई भने ढाकछोप गर्ने उद्देश्यले प्रहरीलाई समेत जानकारी नगराउनुले पनि यस होटलमा अवैध धन्दा हुन्छ भन्ने पुष्टि यसैले घटना ले  गरेको छ । सो घटनाको बारेमा प्रहरीलाई जानकारी गराउँदा छानविन हुने भएकैले पनि खुकुरी प्रहार गर्नेलाई भगाउने र घाइतेलाई सुटुक्क नजिकै एकसे एक अस्पताल हुँदा पनि कसैलाई जानकारी नहोस् भनेर किर्तिपुर अस्पताल लगिनुले पनि यस होटल संचालकमाथि प्रश्न उठ्नु स्वभाविकै हो ।
समाचार स्रोतका अनुसार खुकुरी हान्ने व्यक्ति फुयोङ्ग वाल्डो होटलमै लामो समयदेखि बस्दै अपराधिक गतिविधिमा संलग्न हुँदै आएको र खुकुरी खाने व्यक्ति पनि चाइनिज भएको र उनी भक्तपुरमा एक कृषि फार्म चलाँउदै आइरहेको बुझिएको छ । घाइते चाइनिजको श्रीमती सुइहोङ्ग सोही होटलको वाल्डो डाइनेस्टी क्यासिनोमा टेबुल बुक गरी पोकर खेल खेलाउदै आइरहेकी थिइन् ।
सो होटलमा यस्तो जघन्य घटना घट्दा पनि घटनालाई सामसुम पार्न व्यवस्थापनले खोजे पनि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले दुईवटा रगतले लत्तपत्तिएको खुकरी फेला पारेको थियो ।
व्यवस्थापनले घटनालाई लुकाउने उद्देश्यले घाइतेलाई किर्तिपुर अस्पतालमा उपचारको लागि लगिएको थियो भने खुकरी हान्ने चाइनिजलाई भगाएको थियो । त्यतिबेला उद्दारमा खटिएका सुरक्षा गार्डको ज्याकेट रगताम्य भएको अवस्थामा फुकालेर कुनातिर कोच्न व्यवस्थापनले निर्देशन दिएको थियो भने भूइँमा लत्तपत्तिको रगत पानीले हतारहतार पखालिने काम समेत भएको ती कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका थिए ।

Facebook Comments Box
TOP
Shares