युक्रेन-रुस तनावः नेपालको परराष्ट्र मन्त्रालयले के भन्यो ?

नेपालले युक्रेन-रुस तनावबारे बोल्दै विकसित घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।

बिहीवार एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले “तनाव बढ्न नदिन सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन” अपील गरेको छ।

“संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले राष्ट्रसङ्घीय वडापत्रमा उल्लिखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तलाई कुनै पनि सदस्य राष्ट्रले उल्लङ्घन गर्न नमिल्ने र यसको पूर्ण रूपमा सम्मान गर्नुपर्ने धारणा राख्छ,” नेपालले भनेको छ।

युक्रेनका डोनेट्स्क र ल्युहान्स्कलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिनु राष्ट्रसङ्घीय वडापत्रमा भएका प्रावधानविपरीत भएको पनि नेपालले उल्लेख गरेको छ।

“जुनसुकै परिस्थितिमा एउटा देशको सार्वभौमसत्ताविरुद्ध बल प्रयोगको नेपाल विरोध गर्छ र कूटनीति एवं संवादमार्फत्‌ मतभेदको शान्तिपूर्ण हल खोज्ने कुरामा विश्वास गर्छ,” वक्तव्यमा भनिएको छ।

उद्धारको पर्खाइमा नेपाली

यसैबीच, युक्रेनको राजधानी किएभमा रहेका नेपालीहरूले सरकारले तत्कालै अन्य देशले जस्तै उद्धारका लागि जहाज पठाउनुपर्ने माग गरेका छन्।

किएभमा व्यवस्थापनमा स्नातक अध्ययनरत एक नेपाली विद्यार्थी पेमा दोर्जे लामाले “आफूहरू उद्धारको पर्खाइमा रहेको” बीबीसी नेपालीलाई बताए।

परराष्ट्र मन्त्रालयले बुधवार एउटा सूचना निकाल्दै अत्यावश्यक परेर युक्रेनमा बस्नुपर्नेबाहेक सबै नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको थियो।

उसले युक्रेन नजान पनि नेपाली नागरिकहरूलाई आग्रह गरेको छ भने बुधवारसम्म ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा आएको जनाएको छ। यो समाचार बि.बि.सि बाट साभार गरिएको हो।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१८ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares