
पाँचखाल बृहत् खानेपानी : आयोजना थप एक वर्ष लम्बिने
काभ्रेपलाञ्चोक । सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यले सुरु पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुसभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा २०७९ सालभित्र सो आयोजनाको काम सक्ने उल्लेख थियो ।
भौतिक निर्माण तीव्ररुपमा अघि बढेको भनेपनि सामग्री अभाव तथा विविध कारण समयमै आयोजना सम्पन्न नभएको जनाइएको छ । निर्माण कम्पनीले खानेपानी वितरणको डिआइ नामक ठूला पोलिथिन पाइप अभावको कारण देखाउँदै आएका कारण निर्धारित समयमा आयोजना सम्पन्न नहुने देखिएको छ । गत साउनदेखि भारतमा बुकिङ गरिएको पाइप नआएको कारण देखाइएको हो । केही स्थानमा पाइप बिच्छ्याउने तथा धारा वितरणका क्रममा विवाद भएकाले आयोजना सक्ने समय लम्बिने देखिएको हो ।
निर्धारित समयमा आयोजना सम्पन्न नहुने भएको उपभोक्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताउनुभयो । उहाँले निर्माण कप्पनीले विविध कारण देखाउँदै थप एक वर्ष समय मागेको छ । भौतिक संरचना निर्माणको काम ७८ प्रतिशत सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यसाथ आयोजना कार्यान्वयन चरणमा छ । कोरोना सङ्क्रमणको उच्च जोखिमले सम्झौतापछि केही समय धकेलिएको आयोजनाको काम पछिल्लो समय तीव्र पारिएको हो ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै सडक पु¥याउने काम भइसकेकाले उक्त सडक ढलान तथा ग्राभेल गर्ने काम भइरहेको समितिले जनाएको छ । हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ । एक हजार सात सयका घरमा धारा जडान कार्य सकिएको छ ।
उहाँका अनुसार कोरोना सङ्क्रमण, गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पु¥याएकाले आयोजनाको काम केही धकेलिए पनि निर्धारित समयमै स्थानीयका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएपनि निर्माण व्यवसायीको आलटाल तथा सामग्री अभाव देखाउँदै समयमै आयोजना सम्पन्न नहुने देखिएको हो ।
आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुई ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङ्की छ, पानी प्रशोधन प्लान्ट ९फ्लोकुलेटर दुई, प्लेन सेडीमेनटेसन ट्याङ्की दुई, ¥यापिड–स्याण्ड फिल्टर एक०, प्रसारण लाइन ९ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन १८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्य, सरसफाइका संरचना तथा आवश्यक शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन् ।
यसैबीच सांसद गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, नगरप्रमुख महेश खरेललगायतको टोलीले शुक्रबार आयोजनाको अनुगमन गर्दै सरकारले दिएको समयसीमाभित्र सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गर्नुभयो । टोलीले निर्माण कम्पनीलाई गुणस्तरीय सामग्री प्रयोग गर्न निर्देशन दिँदै कामलाई निरन्तरता दिनसमेत आग्रह गरेको छ । उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोड लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने सम्झौता भएको हो । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशतअर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन् । रासस
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
२४ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



