
बस्ती जोगाउन ढुंगा हटाउँदै सेना
नुवाकोट : २०७२ सालको भूकम्पले जोखिमपूर्ण बनाएको दुप्चेश्वर गाउँपालिका–१ नेगीस्थित भीमकाय ढुंगा नेपाली सेनाले हटाउन सुरु गरेको छ। भूकम्पले चिराचिरा पारेको नेगीगाउँमा उक्त ढुंगा खस्ने त्रास थियो।नेगीगाउँमा ४७ परिवार बस्छन्। ढुंगाको जोखिमका कारण स्थानीयले उक्त बस्ती सार्न माग गर्दै आएका थिए। भूकम्पले ढुंगा करिब एक हात सारेको र बस्तीमा खस्ने जोखिम रहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिह तामाङले बताए। उक्त ढुंगा मानव बस्तीभन्दा पाँच सय मिटरमाथि छ।ढुंगा हटाउन हाल संघीय सरकारले २५ लाख र बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए। ढुंगा फुटाउन आवश्यक उपकरण हेलिकप्टरमार्फत ल्याइसकिएको उनले जानकारी दिए। उक्त ढुंगा फुटाउन एक करोड रुपैयाँ आवश्यक पर्ने र नपुग रकम गाउँपालिकाबाट खर्च गरिने अध्यक्ष तामाङले बताए। अन्नपूर्णपोस्टबाट
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१९ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



