

तरकारीको उत्पादन संगै भाउ पनि घट्यो
पथरी ।लेटाङ नगरपालिका वडा नं। ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् । अघिल्लो साल प्रति किलो रु ६० सम्ममा बिक्री भएको सिमीको यो साल भने २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्थानीय कृषक डम्बरकुमारी कार्की बताउनुहुन्छ ।
उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको सङ्ख्या बढ्दो छ । सिँचाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन् । तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आइएकामा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरुको भनाइ छ ।
नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ । लेटाङमा रहेका पाँच वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन् । वार्षिक रु १०÷१० करोड माथिको टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन । टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताउनुहुन्छ ।
समयमै बीउ मल र बजार नपाउँदा किसान चिन्तित बन्दै गएका छन् । त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ । समयमै मल बीउ, आकाशे पानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बू बताउनुहुन्छ ।
उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला सहर काठमाडौँ र पोखरामा माग बढी हुने गरेको छ । जाँतेमा करिब पाँच सय हेक्टर जमिनमा एक हजार पाँच सय हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन् । समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताउनुहुन्छ ।
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



