
नेपाल–भारत क्रिकेट टुर्नामेन्ट : पद्मा र एमसीसी विजयी
भैरहवा, २४ फागुन
लुम्बिनीमा जारी नक आउट इण्डो नेपाल क्रिकेट टुर्नामेन्टमा सोमबारको खेल पद्मा होटेल क्लब र एमसीसी विजयी भएका छन् ।
लुम्बिनी नव युवा क्लबको अयोजनामा लुम्बिनीको पडरियामा भइरहेको खेलमा पद्मा होटेलले ओजस क्रिकेट क्लब माथि ४२ रनले र एमसीसी मोनखोरिएले खान धकदै क्रिकेट क्लब माथि ८ विकेटको जित निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको पद्मा होटेलले ११ ओभरमा सबै विकेट गुमाउदै १०६ रन जोडेको थियो । होटेल पद्माको सन्जयले ११ बलमा ३३ रन, लातीफले १७ बलमा २२ रन जोडे । अन्य ओजसका इस्रारले ३३ रन खर्चिएर ३ विकेट लिए ।
१०७ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको ओजसले ८ ओभरमा सबै विकेट गुमाउदै मात्र ६४ रन जोड्यो। ओजसको इस्रारले ११ बलमा २४ रन जोडे ।
ओजसलाई सस्तोमा रोक्न पदमाको मुन्ताजले ३ ओभरमा ३२ रन खर्चिएर ३ विकेट हात पारे । खेल को म्यान अफ द म्याच पनि मुन्ताज भए ।
त्यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको खान धकधई क्रिकेट क्लबले ११ ओभरमा सबै विकेट गुमाउदै मात्र ५९ रन जोड्यो । जसका लागि के चौधरीले १२ रन जोड पनि अन्य खेलाडी टिक्न सकेनन् । एमसीसी मोनखोरिएका राजेशले ४ , मनोजले ३ र सुकलाले २ विकेट लिए ।
६० रनको लक्ष्य पाएको एमसीसीले २ विकेटको क्षतिमा लक्ष्य भेट्यो । एमसीसीका सदयमले २० बलमा ३१ रन , मजहरले १२ बलमा २२ रन जोडे । खेलको म्यान म्याच राजेश भए ।
नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमले सहभागीता जनाउँदै छन् । दुईदेशीय प्रतियोगितामा चौथो वर्ष हुँदैछ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर लाई समेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए । फाईनलमा नेपाल र भारतको टिम दुवै पुगोस भन्ने उद्देश्यले सोही अनुसार खेल तालिका बनाइएको क्लबका सचिव ईफ्तेखार आलमले बताए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१९ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



