

जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण
अर्घाखाँची । जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ । बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी–६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । रैथाने बालीका रुपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ । चालु आर्थिक वर्षमा वडा कार्यालयले रु चार लाख विनियोजन गरेर जङ्गली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो । निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बाँदर नियन्त्रण गर्नुपर्ने जनताको माग रहेसँगै बाँदर धपाउन कृषकलाई तारजाली वितरण गरेको वडाध्यक्ष पौडेलको भनाइ छ । वडा कार्यालयको ५० र कृषकको ५० प्रतिशत लगानीमा छ मिटर चौडाइ र एक सय मिटर लम्बाइ भएको जाली गाउँभरिका व्यावसायिक४६ कृषकलाई ९८ सय मिटर वितरण गरेको हो । नेपालमै नमूना प्रकृतिको कार्यक्रम भई तीन वर्षदेखि अभ्यासमा आएकाले बाँदर तथा जङ्गली जन्तु नियन्त्रण गर्न तारजाली निकै प्रभावकारी हुने पाणिनी गाउँपालिकाका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए । रासस
समाज
थप सामाग्री-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
२ दिन अगाडि
1.5kViews 418 Shares Share on Facebook Share on Twitter स्याङ्जा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



