
बार एशोसियनको अध्यक्षमा अमिता लक्ष्मी सैंजु श्रेष्ठको उम्मेदवारी
काठमाडौँ फागुन २६ । नेपाल बार एशोसियसनको आसन्न निर्वाचन आगामी चैत १९ गते हुँदैछ । सो निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले नेपालकै इतिहासमा पहिलोपटक कानुनी पेशागत स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिनुभएको
छ । उहाँ विगत २०४० सालदेखि निरन्तररुपमा विशुद्ध कानुनी व्यवसायको पेशा अंगाल्दै हालसम्म पनि सो पेशालाई निरन्तरता दिइरहनुभएको छ ।
स्वतन्त्र उम्मेदवार दिएकी अमिता लक्ष्मी सैंजु श्रेष्ठले कानुनी राज्यको मूल्य मान्यतालाई पालना गर्न, संविधानको मुल्य र मान्यता कायम राख्न र कानुन व्यवसायीको पेशागत हकहित र निष्पक्ष र स्वतन्त्र न्याय तथा न्यायालयका लागि भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठको उम्मेदवारी किन ?
१. नेपालको स्वाभीमान, अखण्ड राष्ट्र र कानुनी राज्यको प्रत्याभूत गराउन ।
२. नेपालको संविधान २०७२ अनुरुप स्वतन्त्र न्यायालयको परिचय र अनुभूति दिलाउन ।
३. नेपालको बेलाबेलामा भएको राजनीतिक परिवर्तनपछि निर्मित सबै संविधानका सबल पक्षको एकीकृत कानुन निर्माण र कार्यान्वयनमा लैजान ।
४. नेपालको संविधानले निर्देशित गरेको कानुन अन्तर्राष्ट्रिय कानुन सरह मान्यता प्राप्त गराउन ।
५. राजनैतिक दललाई कानुनी राज्यको एवम् स्वतन्त्र न्यायापालिकाको आवश्यकता र आधार प्रत्याभूति गराउन ।
६. कानुनी पेशागत संघ—संगठन एवम् व्यवसायीहरुलाई मर्यादित र व्यवस्थित गर्न ।
७. असम्लग्न परराष्ट्र नीतिलाई मान्यता दिँदै छिमेकी राष्ट्रप्रति सद्भाव कायम गराउन पहल गर्ने ।
८ कानुनी अराजकता, विकृति र विसंगतिको अन्त्य गर्न ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



