४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै
जुम्ला, ३० फागुन
जुम्लाका खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् । भरतको नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन् ।
२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ ।
जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिब धनराज सुनारले बताए ।
एथेलेटिक्स खेलाडीहरु जुम्लाबाट काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाँदै छन् । सहसचिव सुनारका अनुसार बन्धना बुढा सिनियर र अन्य तीन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् । उनले भने , ‘खेल प्रतियोगितामा भारत जाने खेलाडीलाई क्लबको आयोजनामा विदाई कार्यक्रम समेत गरिएको छ ।’ बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले संयुक्त दोसल्ला र अविरले विदाई गरेका छन् ।
महासंघका अध्यक्ष शाहीले खेल क्षेत्रमा म्याराथुन धावक हरिबहादुर रोकायाको योगदानले एथेलेटिक्समा खेलाडीहरु जन्माउनुका साथै खेलाडीहरुले नेपालको शिर उचो हुने गरि प्रदर्शन गर्न शुभकामना दिए ।
समाज
थप सामाग्री-
चुनावअघि नै ठप्प काठमाडौं : मध्यरातदेखि लामो दूरीका गाडी बन्द, बैंक काउन्टर सेवा पनि रोकिने
-
फाल्गुन २१ को निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा होइन—यो शासन संस्कार परिवर्तनको अवसर हो
-
आज फागुन २१ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि देशव्यापी विशेष सुरक्षा योजना लागू
-
जनकपुरधाममा निर्वाचनको सबै तयारी पूरा : ढुक्क भएर मतदान गर्न आग्रह
आज फागुन २० गते बुधबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
4.0kViews 157 Shares Share on Facebook Share on Twitter मेष- आज अनावश्यक विवादमा पर्ने सम्भावना छ, त्यसैले संयम अपनाउनुहोस्। यात्रा गर्दा…



