
जीवनबहादुरहरुसँग सहकार्य गरेर समाजवाद आउँदैन : छक्कबहादुर लामा
काठमाडौं । पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट दुई पटक संघीय सांसद भइसकेका नेता हुन् । तर, यसपटक भने लामा कर्णाली प्रदेशसभाका लागि निर्वाचन लडे र नेपाली कांग्रेसका जीवनबहादुर शाहीसँग पराजीत बने । माओवादी केन्द्रको प्रभाव रहेको यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता शाहीले जितेका हुन । लामाको व्यक्तित्व, कर्म, विद्वता हेर्दा शाहीसँग चुनाव हार्नुपर्नेथिएन ।
जनतामाझ लोकप्रिय छक्कबहादुर लामा यसअघि २०७४ सालमा वाम गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरिबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । जनमोर्चा नेकपा (एकता केन्द्र) को रणनीतिक मोर्चा हो । एकता केन्द्र नै पछि माओवादी बन्यो ।
२०७४ सालको आम निर्वाचनमा एमाले–माओवादीको गठबन्धन बन्दा गठबन्धनका आधिकारिक उम्मेद्वार माओवादी केन्द्रका पूर्वसांसद छिमीदोर्जे लामा विरुद्ध वागी उम्मेदवार बनेर निर्वाचन जितेका व्यक्ति छक्क लामा अहिले भने पराजित भएका छन् ।
माओवादी जनयुद्धमा एक छोरी गुमाएका लामालाई वागी उम्मेद्वार बनेपछि नेकपा माओवादी केन्द्रले कारवाही समेत गरेको थियो । उनले निर्वाचन जितिसकेपछि माओवादीले कारवाही फिर्ता गरी पार्टीमा पुनर्बहाली समेत गरेको थियो । नेकपा फुटेपछि लामा अहिले भने नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।
राष्ट्रिय स्वाधीनताको पक्षमा सँधै डटिरहने लामा वामपन्थी जनमत भएको हुम्ला जिल्लामा पराजय हुनु र विदेशी शक्तिकेन्द्रसंँग निकट सम्बन्ध रहेका जीवनबहादुर शाही विजय हुनुले हुम्लेली जनताले अनौठो अनुभूत गरिरहेको धेरैको बुझाइ छ ।
शाहीसँग प्राविधिक आधारमा पराजित भए पनि स्वाधीनता पराजीत हुन नदिन लामा अहिले पनि निरन्तर लागिरहेका छन् । उनी आफ्नो अभियानमा सक्रिय रहिरहने बताउँछन् ।कालापानी लिपुलेक, लिम्पियाधुरामा भारतले सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रिय सहमति बनिरहेकै बेलामा कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री शाहीले हुँदै नभएको चीनको सीमा विवाद उछालेर राष्ट्रिय स्वाधीनताको मुद्दालाई विषयाान्तर गरेका थिए ।
मित्रराष्ट्र चीनसँग त्यस मुद्दाले यसले चिसोपन बढाइदिएको अनुभूत भएको छ । कोरोनापछि नाकाबन्दी रहेको हुम्ला क्षेत्र अझै सहज बन्न नसक्नुमा जीवनबहादुर शाहीहरु जस्ताको विवादित कदम जिम्मेवार रहेको हुनसक्ने लामाको ठहर छ ।
उत्तरी नाका सहज नहुँदा त्यस क्षेत्रका जनताले असहज जीवन बाँचिरहेका छन् । जसरी दक्षिणतिरका नेपाली सीमामा भारतसँग लडेर त्यहाँका जनतालाई जीवन धान्न कठिन हुन्छ त्यसरी नै उत्तरतिर चीनसँग सिमाना जोडिएका नेपालीहरुलाई चीनसँग सम्बन्ध विगारेर बाँच्न कठिन हुने लामा बताउँछन ।
राष्ट्रिय स्वाधीनताको विपक्षमा रहेका र कूटनीतिक क्षेत्रमा पनि विवादित कार्य गर्दै आएका जीवन वहादुर शाहीलाई आलोपालोको रुपमा अर्काे पटक मुख्यमन्त्री बनाउने गरी माओवादीले सहमति गर्नु विडम्बना रहेको लामाको ठहर छ । कर्णाली क्षेत्रमा द्वन्द्व निम्तिनु समग्र देशकै निम्ति खतरा हो भन्दै त्यस्तो खतरा नमोल्न लामाले माओवादीका नेतृत्वलाई सुझाव दिएका छन् ।
समाजवादको मीठो सपना बोकेर वलिदानी पूर्ण संघर्ष गरेको माओवादी केन्द्रले गलत शक्ति र व्यक्तिसँग सहकार्य गरेर निर्दिष्ट लक्ष्यमा नपुगिने लामाको निश्कर्ष छ ।![]()
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



