
ललिपुर जिल्ला खेलकुद विकास समिति अध्यक्षमा विनोद महर्जन नियुक्त
ललितपुर, ५ चैत । ललितपुर जिल्ला खेलकुद विकास समितिमा करातेका पुराना खेलाडी तथा समाजसेवी विनोद महर्जन अध्यक्ष नियुक्त भएका छन् । बागमति खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले महर्जनलाई शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरेका थिए ।
नियुक्तीपत्र बुझेका महर्जनले आइतबार एक कार्यक्रमको आयोजना गर्दै पदभार ग्रहण गर्ने जानकारी खोजतलासलाई गराएका छन् । महर्जन ललिपुर जिल्ल प्रमुख डोजोका महासचिव पनि हुन् । यही चैत महिना पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतीमा आयोजना हुने राष्ट्रिय कराते प्रतियोगिता आयोजक समितिका महर्जन संह संयोजक हुन् । नेपाल कराते महासंघको तत्वावधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजनामा चैत २४ देखि २६ गतेसम्म सातदोबाटो कराते हलमा सञ्चालन हुनेछ ।ललितपुर जिल्ला खेलकुद विकास समितिमा खेलकुदका अध्यक्षको नियुक्ती पत्र लिएका महर्जनलाई खेलकुदका हस्तीका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषदका पुर्ब कोषाध्यक्ष, कराते पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन, ओलम्पियन खेलाडी दिपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दिपक श्रेष्ठ, साग स्वर्ण पदक बिजेता बिप्लप श्रेष्ठ, करातेका पुर्ब राष्ट्रिय मृगेन्द्र महर्जनलगायतका खेलकुदका हस्तीहरुले खादा ओढाएर बधाई तथा शुभकामना दिएका थिए ।प्रतियोगितामा समावेश २१ तौल समूहका पदक विजेता ८४ खेलाडी खेलाडी एसियाली खेलकुदको प्रारम्भिक छनोटमा पर्ने जानकारी दिएको छ । प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहमागिता रहने जानकारी दिए । महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा गरि महिला १ सय र पुरुष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



