मदिराको नशामा आइजिपीलाई म्यासेज :पदिय र फाैजी अनुशासन उल्लघंन गरेको आराेपमा सहायक हवल्दार सिंह निलम्बन

काठमाडौं जेठ २६ । मदिरा सेवनले के सम्म गर्द‍ो रहेछ भन्नेकुरा रूपन्देही जिल्लामा घुमुवा बसेका सशस्त्र प्रहरीका  सहायक हवल्दार सिंह निलम्बनमा  परेपछि  थाहा पाए । सशस्त्र प्रहरी बलले केही दिनअघि सिपाही देखि सई सम्मको सरूवा गरेको छ । उक्त सरूवामा केही महिना अघि तराईका जिल्लामा कार्यरत घुमुवा प्रहरीहरू रहेका थिए भने कतिपय घुमुवा नभए पनि लामो समयदेखि कार्यरत रहेकाहरू थिए । काजमा खटाएकाहरूलाई सरूवा गर्दा कतिलाई त्यहीँ दरबन्दी बनाएको छ भने कतिलाई अलि सजिलो हुने गरि सरूवा गरिएको छ त कतिलाई दुर्गममा पठाइएकाे छ ।

यसैक्रममा रूपन्देही जिल्लामा घुमुवा बसेका र पछि लुम्बिनी प्रदेश स्थित बाहिनीमा तानिएका सहायक हवल्दार तेज बहादुर सिंह काे सरूवा ३३ नम्बर गण जुम्लामा सरूवा भयो । रूपन्देहीमा कार्यरत घुमुवा प्रहरी एक्कासि जुम्ला सरूवा भए पछि उनलाई रिस उठ्नु स्वाभाविकै हो । तर उनले त्यो रिस पाेख्दा हाेस पुर्याउन सकेनन् जसको कारण निलम्बन हुनुपर्याे । सरूवा भएको रिसमा मदिरा सेवन गरेर मातेपछि उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई म्यासेज पठाएछन् । म्यासेजमा तपाईंको श्रीमती , छाेराछाेरी छैनन् जस्ता आदि आदि कुरा लेखिएको थियो । समाचारस्राेत भन्छ , पदिय र फाैजी अनुशासन उल्लघंन गरेको आराेपमा सहायक हवल्दार सिंह निलम्बनमा परे। यो कुरालाई सशस्त्र प्रहरी बल मुख्यालयले पनि पुष्टि गरेको छ। यिनीसंगै र अझै धेरै बर्षदेखि रूपन्देहीमा सशस्त्र प्रहरीको घुमुवा भएर अहिले बाहिनी तानिएका वरिष्ठ हवल्दार रेशम महतराकाे भने अहिलेसम्म पनि न त काज न त सरूवा नै भएको छ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१० घण्टा अगाडि

2.5kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares