
मदिरा र ‘गोत्र’ले राउटे समुदायको संख्या घट्दै
काठमाडौँ । लोपोन्मुख घुमन्ते राउटेको जनसंख्या घट्दो क्रममा छ । तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो । त्यसबेला राउटेको सङ्ख्या १८४ थियो । अहिले त्यो सङ्ख्या घटेर १४१ मा भएको छ ।
राउटे समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दैनन् । राउटे समुदायमा एउटी महिलाले १८ वटासम्म बच्चा जन्माएको उदाहरण छ । यति हुँदाहुँदै पनि राउटेको सङ्ख्या किन घट्दै गएको छ त ? धेरैले मदिरा सेवनलाई यसको मुख्य कारण मान्छन् । मदिरासँगै राउटे समुदायको संख्या घट्नुको अर्को कारण ‘गोत्र’ सँग जोडिएको छ ।राउटे समुदायका तीनवटा गोत्र छन्- रास्कोटी, स्ववंशी र कल्याल । राउटेको आफ्नै गोत्रमा बिहेवारी चल्दैन । रास्कोटी, स्ववंशी र कल्याल गोत्रबीच एक-अर्कासँग विवाह हुन्छ । यो समुदायमा कल्यालको संख्या अधिक छ । स्ववंशी र रास्कोटीको संख्या न्यून छन् । कल्यालको संख्या धेरै हुँदा यो गोत्रका उमेर पुगेका युवक-युवतीको विवाह हुन मुस्किल भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



