
भरतपुरको काँडाघारीमा भ्याकुताको बिहे गरी पानी मागियो
भरतपुर जेठ २८ । भरतपुर–९ स्थित काँडाघारी टोलविकास संस्थामा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिबार रुद्री पूजासहित भ्याकुताको बिहे गराइदिएर पानी मागेको बताइएको छ ।
विगत केही दिनदेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै त्यस टोलका संस्थापक अध्यक्ष बालकृष्ण पौडेल, अध्यक्ष फणिन्द्र भट्टराई, पूर्व अध्यक्ष गोविन्द पौडेल, टोलका तथा उपसमिति सहसंयोजक कृष्णप्रसाद शर्मा पौडेललगायत ज्येष्ठ नागरिक अगुवाहरुको पहलमा रुद्री पूजासहित सोही अवसरमा भ्याकुताको बिहे गराइदिएर भगवान् श्रीमहादेवसँग पानी माग गरेका हुन् ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको उपसमितिको संयोजकसमेत रहेका बालकृष्ण पौडेलको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रममा पण्डित तुलसीप्रसाद कँडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रम कृष्णप्रसाद शर्मा पौडेलले समापन गरेका थिए ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



