
सुदूरपश्चिममा आज आमहड्ताल ,कलकारखाना, व्यापार र यातायात पूर्णरूपमा बन्द
धनगढी । सुदूरपश्चिममा आज (आइतबार) आमहड्तालको आव्हान गरिएको छ । कैलालीस्थित गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आमहड्तालको घोषणा गरिएको हो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आज सुदूरपश्चिम पूर्णरूपमा ठप्प भएको बताए । उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गरेको बताएका छन् ।
संघर्ष समितिका संयोजक ‘आगो’ले आज बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघरसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्णरूपमा बन्द गरिएको बताए । संघर्ष समितिले शुक्रबार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरूसँग छलफल गरेको थियो ।
संघीय मन्त्रिपरिषद्ले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रशर्दन जारी छ । उनीहरुले जेठ १५ गते संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि विरोधमा गर्दै आएका हुन् ।
बन्द आव्हानपछि आज सुदूरपश्चिमका सबै जिल्ला जोड्ने अत्तरिया सुनसान बनेको छ । सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो छ । पहाडी जिल्लाहरूमा भने बन्दको प्रभाव कम रहेको बताइएको छ । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ । गेटामा ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र छ ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छ भने ३ वटा निर्माणाधीन छ । तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपियाँ खर्च भइसकेको छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



