
बर्खामा पनि मेलम्चीको पानी नरोकिने
काठमाडौँ । मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।सो आयोजनाले विगत दुई वर्षदेखि बर्खाको समयमा पानी वितरण रोक्दै आएको छ। दुई वर्षअघि मनसुन भित्रिएको पहिलो दिन असार १ गते मेलम्ची खोलामा आएको भीषण बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पु(याएको थियो। २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा जनधनको ठुलो क्षति पुर्याएपछि गत वर्ष पानी बन्द गरिएको थियो। मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले गत वर्षको तुलनामा हेडवक्र्समा सुरक्षाका थप उपाय अपनाइए पनि यो वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने सम्बन्धमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगिएको जानकारी दिए।
उनले भने, “आयोजनाको गेट नम्बर १ र ९ मा केही सुधारका काम भएका छन्। ती गेटलाई बन्द गर्न सकिने तथा धमिलो पानी सफा गर्न सकिने प्रणाली पनि जडान गरिएको छ। त्यसै गरी बाढीपहिरोको पूर्वसूचनाका आधारमा ‘हाइड्रो मेकानिकल’ प्रणालीका आधारमा स्विच थिचेर आयोजनाको मुहानको ढोका बन्द गर्न तथा खोल्न सकिन्छ। विगतमा आठरदस जनाले चेन तानेर ढोका बन्द गर्ने तथा खोल्नुपर्ने अवस्था थियो।” त्यसैले यसपालि खोलामा सामान्य पानी बढ्दैमा पानीको वितरण नै रोक्न पर्ने अवस्था आउन नसक्ने उनको भनाइ छ।
पन्तले अगाडि भने, “खोलामा बहाव मात्र बढेको छ। ढुङ्गा र बालुवासहितको बाढी आएको छैन भने पानी वितरणलाई निरन्तर गर्न सकिने गरी मुहान क्षेत्र तथा हेडवक्र्समा संरचना निर्माण गरिएको छ। विगतमा भन्दा अहिले चनाखो भइएको छ। त्यत्रो मात्रामा बाढीपहिरो जान्छ भनेर दुई वर्षअधि कसैले अनुमान नै गरेको थिएन।’’आयोजनाका इन्जिनियर पद्मबहादुर कुँवरले मुहान तथा हेडवक्र्समा विगतको तुलनामा यस वर्ष सुरक्षाका थप उपाय अपनाइएको हुनाले खोलामा सामान्य पानी बढेकै आधारमा पानीको वितरण नरोकिए पनि नियमित रूपमा खोलाको पानी बढ्नुका साथै मूल फुट्न थालेपछि आयोजनालाई बन्द गर्नुको विकल्प नहुने उनले स्पष्ट पारे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि
2.6kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



