
कुरूप टुँडिखेल
काठमाडौं । आठ वर्षअघिको भूकम्पबाट ध्वस्त भएको सम्पदाहरूको भग्नावशेषको पहाड हटाउने विषयमा कसैको चासो परेको छैन । पुरातात्विक महत्वका सम्पदा धरहरा, विश्व सम्पदासूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका ध्वस्त भएका सम्पदाको स्क्राइब राखिएको टुँडिखेल कुरूप देखिएको छ । पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, धरहरा निर्माण गर्ने रमण कन्सट्रक्सन र नेपाली सेनाको आपसी सहमति नभएका कारण कुरूप टुँडिखेल सफा हुन नसकेको हो ।धरहरा पुनर्निर्माणको क्रममा नेपाली सेनाको स्वीकृतिमा रमण कन्ट्रक्सनले सो क्षेत्रमा केही समयका लागि फोहोर फ्याक्न स्वीकृति पाएको थियो । त्यसपछि ध्वत भएका सम्पदा, नेपाली सेनाको भवन निर्माण गर्दा फालिएका समान र धराहराको धुलो थुपारिएको थियो । सामान हटाउने विषयमा खासै चासो नदेखाएको कारण समस्या बढ्दै गएको छ ।केही समय त पुरातत्व विभागले रोकेको थियो । ‘विभागका प्रवक्ता रामबहादुर कुँवरले पुरातात्विक सामग्री छान्नुपर्ने भएकाले केही वर्ष रोकेका हौं, सबै पुरातात्विक सामग्री संकलन गरिसकेका छौं हटाउँदा फरक पर्दैन,’उनको भनाइ थियो ।राजधानीकै सबैभन्दा ठूलो खुला क्षेत्रको दयनीय अवस्था देखेपछि काठमाडौं महानगरले चासो देखाएको थियो । कामपाका प्रमुख बालेन्द्र साहले तत्काल सामग्री हटाउन शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई पत्राचार गरेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



