जीप दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत

गोरखा असार ८ : गोरखा जिल्लाको मनकामना सिलिङमा आज बिहान भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ।

दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान करिब दुई बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा पाँचजनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिकाका १९ वर्षीय प्रविण थापा,  २८ वर्षीय वीरबहादुर थापा, अन्दाजी १९ वर्षीय  निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापा रहेका प्रहरीले जानकारी दिए।

त्यस्तै घाइतेहरुमध्ये सबैजना सहिदलखन ५ पोखरीडाँडाका रहेका छन् । स्थानीय लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सोही ठाउँ निबासी सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares