नवलपुरको शनिश्चरे ताल पुनःनिर्माण

नवलपरासी ।  नवलपुरको शनिश्चरे तालको पुनःनिर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्नभएको हो । जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । एकतीस बिघा क्षेत्रफलमा फैलिएको ताल गण्डकी प्रदेश सरकारको रु ४० लाख र उपभोक्ता समितिबाट रु चार लाख ३४ हजार चार सय २१ गरी कूल रु ४४ लाख ३४ हजार चार सय २१ लागतमा पुनःनिर्माण गरिएको उनले जानकारी दिए।सिमसारको रुपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रुपमा विकास गरिएको हो । ताल संरक्षण गर्नु जैविक विविधताका हिसाबले समेत महत्वपूर्ण रहेको अध्यक्ष पाण्डेले बताए । गैँडा, मृगलगायतका वन्यजन्तुलाई पानीको स्रोत, लोपउन्मुख चराको बासस्थानका लागि तालको महत्व रहेको अध्यक्ष पाण्डेले बताए ।

जिल्लाकै ठूलो ताल भएकाले पर्यटनको आकर्षणसमेत बन्ने उनले बताए । “जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्व रहेको छ”, उनले भने। तालमा अहिले माछापालनसमेत गरिएको छ । लक्षित वर्ग माझी, मुसहर, बोटे समुदायको आर्थिक उपार्जनमा समेत तालले सहयोग पुग्ने उनले बताए ।

पूर्व पश्चिम राजमार्गको केउरेनीदेखि दुई दशमलव पाँच किलोमिटरको दूरीमा रहेको शनिश्चरे ताललाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्न रु १५ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिएको अध्यक्ष पाण्डेले बताए । पार्क, मचान, दृश्यावलोकन स्तम्भसहितका संरचना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको उनले बताए।

प्रारम्भिकरुपमा थोरै बजेटले तालको पुनःनिर्माणको काम गरिएको र क्रमशः योजनाअनुसारका काम गरिने अध्यक्ष पाण्डेले बताए। “प्रदेश सरकारबाट प्राप्त  रकमबाट प्रारम्भिक चरणमा तालको पुनःनिनिर्माणको काम अघि बढाएका छौँ, क्रमशः यसको विकास गर्ने योजना हाम्रो रहेको छ”, अध्यक्ष पाण्डेले भने, “मुख्य कुरा बजेटको समस्या हो, यसका लागि तीनै तहका सरकारसमक्ष समन्वय गरिरहेका छौँ ।” चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले तालको थप महत्व रहेको उनको भनाइ रहेको छ ।  रासस

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares