
हेभन मेक हेल्थ स्पा र मसाजको नाममा खुलमखुल्ला यौनधन्दा : काठमाडौं परिसरले छापा हान्दा संञ्चालकसहित युवायुवती पक्राउ,धरौटीमा रिहा
काठमाडौं असार १४ । काठमाडौंको बौद्ध जोरपाटीमा संञ्चालित हेभन मेक हेल्थ स्पा सेन्टरमा प्रहरीले छापा हान्दा स्पाका संञ्चालिकासहित ग्राहक पक्राउ परेका थिए। बौद्धमा संञ्चालित विभिन्न मसाज सेन्टरहरुमा छापा मारेर ४/५ जना युवतीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत बौद्ध प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्पामा पक्राउ परेका युवतीेहरु मसाज सेन्टरमा काम गर्ने नाममा यौन ब्यवसायमा संलग्न भएको पाइएको बताईएको छ। प्रहरीले ती युवतीहरुलाई मसाजको नाममा यौन धन्दामा लगाउने संञ्चालकलाई पनि पक्राउ गरेको थियो। सो स्पा सेन्टरमा मसाज गर्न गएका ग्राहक समेत पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।
मसाजको नाममा यौन धन्दा लगाउने भुमिकामा देखिएका संञ्चालिकाले प्रक्तिब्यक्ती २ हजारदेखी सातहजार सम्म लिएर ग्राहकहरुसँग युवतीहरूलाई अबैध यौन धन्दामा लगाउने गरेको प्रहरी स्रोतको भनाई छ।
पक्राउ परेका युवतीहरु हेभन मेक हेल्थ स्पामा कार्यरत थिए। मसाज सेन्टरको बोर्ड राखेर भित्र यौन धन्दा सञ्चाल गर्ने हेभन मेक हेल्थ स्पाका संञ्चालिका राधिका सिंह र सुशा सिंह ठकुरीलाई पनि प्रहरीले पक्राउ गरेर केही दिन हिरातमा समेत राखेको प्रहरी स्रोतले जानाएको छ।
काठमाडौंको बौद्धमा स्पा र मसाजको नाममा संञ्चालित यस्ता मसाज सेन्टरहरुमा युवती र युवाहरु मिलेर यौन ब्यवसाय सञ्चालन गर्दै आएको प्रहरी स्रोतले दाबी गरेको छ।
प्रहरीलाई पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रोसँग जानकारी रहेको देखिन्छ। महानगरिय प्रहरी वृत्त बौद्धले अहिले बेलाबेला अनुगमन नै गर्ने गरेको एक मसाज सेन्टरका संञ्चालकले बताएका छन्।
केही दिन अघिमात्र अनैतिक क्रियाकलाप गरेको अवस्थामा भेटिएका बौद्धको हेभन मेक हेल्थ स्पा सेन्टरले केही दिन त आफ्नो व्यसाय बन्द नै गरेको स्रोतले बताएको छ। प्रहरीका अनुसार ३/४ जनालाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर बौद्ध प्रहरीको जिम्मा लगाएपछि हेभन स्पा बन्द भएकाे थियो।
बौद्ध प्रहरीले महिनावारी उठाउने र हप्तावारी उठाउने भन्ने आरोप परिसरमा पुगेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आफ्नो परिसरको छुट्टै टोली पठाएर छापा हानेको स्रोतले बतायाे।
त्यस्तै छापा हान्ने क्रममा कन्डमदेखि ढोका थुनेर अनैतिक क्रियाकलाप भएको अवस्थामा जोडी नै भेटिएपछि पक्राउ गरेर बौद्ध प्रहरीको जिम्मा लगाएको परिसर प्रहरी स्रोतले जनाएको छ।
एक ग्राहकले भने राम्रो सोच राखेर संञ्चालन भएका स्पा र मसाज सेन्टरहरूमा कन्डम किन चाहिन्छ ढोका किन थुन्नुपर्यो, त्यसैले गलत काम हुन्छ भनेर अड्कल काट्न गाह्रो छैन ती ग्राहकले भने।
त्यस्तै उनले भने स्पा र मसाज सेन्टरमा हुने धन्दालाई रोक्न प्रहरीलाइ पनि गाह्रो भएको छ। ‘यो त मुसा र बिरालोको खेलजस्तो मात्र भएको छ। ‘छापा मारेको केही समयमा स्पा र मसाज सेन्टरले पालना गरेजस्तो गर्छन्, फेरि उल्लंघन गरिहाल्छन् उनले भने।
यो धन्दा रोक्न अब जिल्ला प्रहरी परिसर काठमाडौं सक्रिय भएर लाग्ने एसएसपी दान बहादुर कार्काीले बताएका छन्। हेभन मेक हेल्थ स्पामा प्रहरीले छापा हान्दा अनैतिक क्रियाकलाप भएको भेटिएपछि ग्राहकसहित केही युवती प्रकाउ गरेको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अब पनि त्यस्तो क्रियाकलाप गरेको भेटिए हेभन स्पा सेन्टर बन्द गर्ने बताएको छ। मसाजकाे लागि संञ्चालन भएका स्पाहरूमा अनैतिक काम हुने भएपछि त्यस्ता स्पाहरूमा रोक लगाउने योजनामा प्रहरी सक्रिय भएको देखिन्छ।
हेभन स्पाकी संञ्चालक केही दिन प्रहरी हिरासतमा बसेर धरौटीमा छुटेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनिहरूलाइ चेतावनी दिएर अबदेखि त्यस्तो क्रियाकलाप नगर्ने सर्तमा हिरासत मुक्त गरिएको हो । प्रहरीले हेभन स्पाको ७/८ नम्मर कोठामा त्यस्तो अबैधानिक क्रियाकलाप भएको भेटाएको थियो।
हेभन मेक हल्थ स्पाकी सञ्चालिकाले अहिले पनि सामाजिक सञ्जालकाे दुरूपयाेग गरिरहेकाे देखिन्छ। हामीले याे विषयमा प्रहरीलाइ कुरा गर्दा त्यस्ताे कुनै दुरूपयाेग गरेकाे भेटिएमा कानुनी कारबाही गर्ने र एकपटक चेतावनी दिएर पनि फेरि त्यस्ताे काम गरेकाे भेटिए कडा कारबाही गर्ने प्रहरी स्राेतले जनाएकाे छ।
हेभन स्पाले बालबालिकाकाे समेत अझै प्रयाेग गर्दै आएकाे र साजिक सञ्जाल टिकटकमा बालबालिकाे प्रयाेगदेखि अस्लिल क्रियाकलाप गरेका भिडियाे र फाेटाेहरू देख्न सकिन्छ।
त्यही अस्लिल क्रियाकलाब देखाएर ग्राहकसँग पैसा असुली गर्नेदेखि अबैधानीक धन्दा चलाइरहेकाे एक निमित ग्राहकले रिपाेर्टिङकाे क्रममा बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडाैंसँग कुरा गर्दा त्याे विषयमा थप बुझेर त्यस्ताे भएकाे पाइएमा कानुनी कारबाही गर्ने बताएकाे छ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१६ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



