भैरवस्थान मन्दिरका मूल पुजारी निलम्विन

रामपुर ।  यौनजन्य दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारीलाई निलम्वन गरिएको छ ।  पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा अवस्थित यस मन्दिरका मुख्य पुजारी ७० वर्षीय जितनाथ योगीलाई महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार (अभद्र) गरेको पाइएपछि निलम्वन गरिएको हो । महिला दर्शनार्थीमाथि यौनजन्य अभद्र व्यवहार गरेको सामाजिक सञ्जाल तथा मिडियामा खबर फैलिएपछि सिसीटिभी फुटेज जाँचका आधारमा मन्दिरमा दर्शन गर्न आएकी एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो देखिएपछि निलम्वन गरिएको मन्दिरका व्यवस्थापक मिनबहादुर बुढाथोकी बताउँछन् ।“हामीलाई सम्बन्धित यौनजन्य अभद्र व्यवहार गरिएकी महिलाबाट त जानकारी आएको छैन, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कुरा बाहिर सार्वजनिक भएपछि सिसिटिभी फुटेज जाँच गरेर अभद्र व्यवहार गरेको पाइएपछि मन्दिरको मुख्य पुजारीको जिम्मेवारीबाट बुधबारदेखि निलम्वन गरेका छौँ”, उनले भने ।

भैरवस्थान मन्दिर पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक धरोहरका रुपमा रहेको छ । यो मन्दिर पश्चिम नेपालकै धरोहर मानिन्छ । समितिले एक विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पुजारीको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्दिर व्यवस्थापन समितिले सत्यतथ्य छनबिन नहुँदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएको जनाएको छ । पुजारी योगी यस मन्दिरमा विसं २०५९ देखि मुख्य पुजारीका रुपमा सेवा गर्दै आइरहेको बुझिएको छ ।

दाङ स्थायी घर भएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा योगीले उनीहरुको स्तनमा हातले छुने गरेको घटना बाहिरिएको छ । घटना बाहिर आए पनि सम्बन्धित पीडितबाट प्रहरी कार्यालयमा जाहेरी भने परेको छैन । रासस

Facebook Comments Box
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि

2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…

TOP
Shares