
यस वर्ष मनसुन शुरू भएपछि बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुग्यो
काठमाडौं । यस वर्ष मनसुन शुरू भएपछि बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुगेको छ भने बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या २५ रहेको छ ।
गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य महाशाखाले दिएको जानकारीअनुसार अहिलेसम्म बाढी र पहिरोबाट १८ जिल्ला प्रभावित भएका छन् । ती जिल्लामा गएको बाढी पहिरोमा परी १० जना घाइते भएका छन् भने ७४ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै १ सय १८ घरमा आंशिक क्षति पुगेको पनि सो महाशाखाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा महिलाभन्दा पुरुष बढी रहेका छन् । बाढी र पहिरोमा परेर मृत्यु हुने पुरुषको संख्या १५ र महिलाको संख्या ९ पुगेको छ ।
पहिरोबाट १८ जिल्लाका ४ सय ५४ परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म विपद्जन्य घटनाबाट भोजपुर, नुवाकोट, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, तनहुँ, गोर्खा, ओखलढुंगा, सिन्धुली दैलेख, अछाम, जुम्ला, रूकुमपूर्व, सिन्धुपाल्चोक, कास्की, रूपन्देहीलगायतका जिल्ला प्रभावित भएका छन् ।
बाढी पहिरो र अविरल वर्षाका कारण करोडौंको क्षति भएको भए तापनि भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेकाले तथ्याङ्क यकिन भइनसकेको पनि महाशाखाले जनाएको छ ।बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहे पनि उपलब्धि भने सकारात्मक नरहेको पनि महाशाखाले जानकारी दिएको छ ।
समाज
थप सामाग्री-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१९ घण्टा अगाडि
2.7kViews 126 Shares Share on Facebook Share on Twitter मेष- हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर काम…



